एमाले अध्यक्ष ओली १० दिनपछि सैनिक ब्यारेकबाट भक्तपुरको गुन्डु झरे « Khabarhub

एमाले अध्यक्ष ओली १० दिनपछि सैनिक ब्यारेकबाट भक्तपुरको गुन्डु झरे


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १० दिनपछि सार्वजनिक भएका छन् ।

गत भदौ २३ र २४ गते भएको जेन-जीको आन्दोलनपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सेनाको हेलिकप्टर चढेर सम्भवत: शिवपुरी पुगेका ओली बिहीबार गुन्डु झरेका हुन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष ओलीका लागि गुन्डु क्षेत्रमा बसोबासको व्यवस्था गरिएको जानकारी खबरहबलाई दिएका छन् । ‘अध्यक्षज्यू गुन्डु क्षेत्रमा बस्ने गरी आउनु भएको छ। उहाँका लागि अस्थायी बसोबासको व्यवस्था भइसकेको छ’, उनले भने ।

उनलाई त्यहाँ एमालेका नेता-कार्यकर्ताहरूले स्वागत गरेका छन् । ओलीलाई एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको घर नजिकैको क्षेत्रमा बसोबासको व्यवस्था मिलाइएको छ।

उनी अब त्यहीँबाट सक्रिय हुनेछन् । सम्भवत: ओली शुक्रबार केन्द्रीय कार्यालय च्यासलमा हुने संविधान दिवस कार्यक्रममा देखिनेछन् ।

यसअघि नै उनीनिकट मानिने नेता महेश बस्नेतले ओलीलाई १० औँ हजार नेता-कार्यकर्तासहित काठमाडौँमा स्वागत गरिने बताएका छन् ।

जेन-जी आन्दोलनका क्रममा ओलीको पुर्ख्यौली थलो तेह्रथुम, गृहजिल्ला झापाको दमक र भक्तपुरको बालकोटस्थित तीनै स्थानका घरहरू जलाइएको छ। त्यसकारण उनका लागि गुन्डु क्षेत्रमा बसोबासको व्यवस्था मिलाइएको हो ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ६ : ४४ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको