प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही « Khabarhub

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भएको बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत उनले ‘जुंगाको लडाईं’ त्यागेर राष्ट्रिय प्रजातन्त्र पार्टीले विकल्प खडा गर्ने उद्घोष पनि समेत गरेका छन् ।

शाहीले आफूहरूले प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा लगातार आवाज उठाए पनि अन्य दलले सहयोग नगरेको गुनासो गरे । उनले जनताले समेत यही व्यवस्था चाहेको भए पनि दलहरूले आफ्नै स्वार्थका कारण यसलाई बेवास्ता गरेको आरोप लगाए ।

जेनजीले प्रत्यक्ष प्रधानमन्त्रीको कुरा गर्दा सबैले साथ दिएर आश्वसन दिएपनि निर्णय गर्ने बेला भने सबैपछाडि हटेको बताए । ‘अब हामीसँग अरू विकल्प छैन। हामीले अब एकजुट भएर काम गर्नुपर्छ,’ उनले भने, ‘हाम्रो जुंगाको लडाईँ त्यागेर हामी सबै एक ठाउँमा आउनुपर्छ। राप्रपाले यसको नेतृत्व गर्नेछ।’

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ९ : १७ बजे

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६