प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही « Khabarhub

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही


२ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भएको बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत उनले ‘जुंगाको लडाईं’ त्यागेर राष्ट्रिय प्रजातन्त्र पार्टीले विकल्प खडा गर्ने उद्घोष पनि समेत गरेका छन् ।

शाहीले आफूहरूले प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा लगातार आवाज उठाए पनि अन्य दलले सहयोग नगरेको गुनासो गरे । उनले जनताले समेत यही व्यवस्था चाहेको भए पनि दलहरूले आफ्नै स्वार्थका कारण यसलाई बेवास्ता गरेको आरोप लगाए ।

जेनजीले प्रत्यक्ष प्रधानमन्त्रीको कुरा गर्दा सबैले साथ दिएर आश्वसन दिएपनि निर्णय गर्ने बेला भने सबैपछाडि हटेको बताए । ‘अब हामीसँग अरू विकल्प छैन। हामीले अब एकजुट भएर काम गर्नुपर्छ,’ उनले भने, ‘हाम्रो जुंगाको लडाईँ त्यागेर हामी सबै एक ठाउँमा आउनुपर्छ। राप्रपाले यसको नेतृत्व गर्नेछ।’

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ९ : १७ बजे

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा