जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट | Khabarhub Khabarhub

जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट भएको छ ।

गत आर्थिक वर्ष २०८१–०८२ को कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क प्राप्त गरी पर्वत प्रशासनले नेपालमै उत्कृष्ट स्थान हासिल गरेको हो । एक सय पूर्णाङ्कको नतिजामा पर्वत प्रशासनले ९५ दशमलव ७१ अङ्क प्राप्त गरी नेपालमै पहिलो बनेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए ।

उनको अनुसार आर्थिक वर्ष २०८१–०८२ को पहिलो त्रैमासिकमा २९ दशमलव ०६, दोस्रो त्रैमासिकमा १९ दशमलव २५, तेस्रो त्रैमासिकमा १७ दशमलव ८७ र चौथो त्रैमासिकमा २९ दशमलव ५२ अङ्क प्राप्त गरेको थियो ।

गृह मन्त्रालयसँग भएको कार्यसम्पादन सम्झौतामा तोकिएका मापदण्डहरूमा पूर्ण रूपमा सम्पादन गरिएको मन्त्रालयको नतिजाले पुष्टि गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । गृह मन्त्रालयले प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयहरूको सेवा प्रवाह, कार्यसम्पादन क्षमता, जनउत्तरदायित्व, प्रशासनिक कार्यशैलीलगायतका मापदण्डहरूका आधारमा मूल्याङ्कन गर्दै आएको छ ।

पर्वतका प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार कार्यालयले नागरिकसँगको सेवा प्रवाहमा पारदर्शिता, समयमै सेवा प्रदान गर्ने अभ्यास, दक्ष जनशक्ति परिचालन तथा प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको छ ।

‘हामीले नागरिकका गुनासो चाँडो सुन्ने, सेवाग्राहीलाई सहज वातावरणमा सेवा दिने, तथा प्रशासनिक काममा चुस्ती ल्याउनेजस्ता प्रयासहरू गरेका छौँ’, प्रजिअ घिमिरेले भने, ‘यो उपलब्धि सम्पूर्ण कर्मचारी टोली र स्थानीय सरोकारवालाहरूको सहकार्यको परिणाम हो ।’

यस उपलब्धिपछि कार्यालयले अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता र हौसला मिलेको उनको भनाइ छ । कार्यसम्पादन मूल्याङ्कनमा दोस्रो नम्बरमा भक्तपुर, तेस्रोमा नुवाकोट, चौथोमा मनाङ र पाँचौँमा धनकुटा परेका छन् । छिमेकी जिल्ला बागलुङ २४, म्याग्दी ३२ नम्बरमा परेको छ भने सबैभन्दा कम नतिजा पाँचथर प्रशासनले पाएको छ । पाँचथरले ७३ दशमलव ८२ अङ्क प्राप्त गरेको छ । (रासस)

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  १० : ३३ बजे

ट्रम्प र जेलन्स्कीबीच भेटवार्ता : युद्ध रोक्न र शान्ति स्थापना गर्न आग्रह

एजेन्सी – अमेरिकाका  राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर ज़ेलन्स्की

जेन-जी आन्दोलनपछि पहिलोपटक च्यासल जाँदै ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेन-जी आन्दोलनपछि पहिलोपटक

कतारको दोहामा सलमान खानले लाइभ प्रस्तुति दिँदै

काठमाडौं– बलिउडका सुपरस्टार सलमान खानले फेरि एकपटक आफ्नो लाइभ प्रस्तुति

चीनमा जेनेरेटिभ एआई प्रयोगकर्ताको सङ्ख्या दोब्बर

एजेन्सी– चीनमा जेनेरेटिभ कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग तीव्र गतिमा

अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई