आज २०८२ साल कात्तिक १ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल कात्तिक १ गते शनिबारको राशिफल


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक १ गते शनिबार। कात्तिक कृष्ण पक्षको द्वादशी तिथि। धन त्रयोदशी व्रत । धनतेरस पर्वसमेत आजै परेको छ । तदनुसार सन् २०२५ अक्टोबर १८ तारिख। आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस परेको छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । शिक्षा, स्वास्थ्यमा सुधार हुनेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ । पारिवारिक र सामाजिक क्षेत्रमा मानप्रतिष्ठा बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। ठुलो लगानी नगर्नु राम्रो हुन्छ। स्वास्थ्यले साथ दिनेछ। वैदेशिक रोजगारीमा गरेको लगानीबाट नाफा हुनेछ। गुरुसँग नम्र भएर प्रस्तुत हुने समय छ।

मिथुन: दिन राम्रो छ । बोलीका कारण काम बन्नेछन् । शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

कर्कट: दिन राम्रो छ । गुम्न लागेको सम्पत्ति हात लाग्ने छ । पठनपाठनमा मन जानेछ । स्वास्थ्यमा सुधार हुनेछ । पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहने छ ।

सिंह : दिन राम्रो छ । प्रतिभाको प्रदर्शन गर्ने दिन छ । व्यापार व्यवसायमा फाइदा हुनेछ । पठनपाठनमा रुची बढ्नेछ । गोप्य तरिकाले गरेको कामबाट लाभ मिल्नेछ । योजना सार्वजनिक नगरी कार्यान्वयनमा अगाडि बढ्नु उचित हुन्छ ।

कन्या : तपाईंका लागि आजको दिन सामान्य छ । परिवारमा कामको बोझ थपिनेछ । अनावश्यक खर्च बढ्नेछ । स्वास्थ्यले साथ दिए पनि काममा आलोचनाको सामना गर्नुपर्ने दिन छ ।

तुला : दिन राम्रो छ । धर्मकर्ममा मन जानेछ । साथीभाइसँग भेट हुनेछ । मान प्रतिष्ठा बढ्नेछ । सामाजिक क्षेत्रमा तपाईंको सम्मान बढ्नेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ ।

वृश्चिक : समान्य राम्रो छ । डुब्न लागेको धन उठ्ने दिन रहेको छ । सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको पहुँच बढ्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ ।

धनु : दिन राम्रो छ । सोचेको काम बन्दा मन प्रशन्न बन्नेछ । राजनीति र सामाजिक क्षेत्रमा मन जानेछ । रमाइलो घुमघामको योजना बन्ने योग छ । मनमा नयाँ अनुभव प्राप्त हुनेछन् ।

मकर : दिन सामान्य छ । तपाईंले गरेको कामको जस अरुले लिनेछन् । राजनीतिमा वितृष्णा बढ्नेछ । परिवारको साथ मिल्नेछ । स्वास्थ्यमा भने सुधारका संकेत देखिनेछन् ।

कुम्भ : दिन सामान्य छ । अनावश्यक यात्रामा नजानु राम्रो हुन्छ । अनावश्यक क्षेत्रमा सम्पत्ति र समय खर्च हुनेछ । धार्मिक क्षेत्रमा मन जानेछ । नयाँ मान्छेसँग कारोबार नगर्नु राम्रो हुन्छ ।

मीन : दिन सामान्य छ । मानसिक तनाव बढ्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । सामाजिक र राजनीतिक क्षेत्रमा चासो बढ्नेछ । बौद्धिक व्यक्तिसँग भेट गरेमा फाइदा हुनेछ ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ५ : ०९ बजे

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा