बारा र पर्सामा लक्षित जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप « Khabarhub

बारा र पर्सामा लक्षित जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बारा र पर्सामा कुल जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप दिइएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले बारा र पर्सा दुवै जिल्लाको १० लाख १८ हजार ६० लक्षित जनसङ्ख्यामध्ये सात लाख २३ हजार ८३६ ले खोप लिइसकेको जानकारी दिए ।

खोप शाखाले उपलब्ध गराएको विवरणअनुसार हैजा रोगविरुद्धको खोप अभियानको प्रारम्भिक तथ्याङ्कमा पर्सामा अभियान सुरु भएको छैँठो दिनमा छ लाख ५२ हजार १२९ जनामा हालसम्म चार लाख ५६ हजार ७७८ जनाले खोप लिइसकेका छन् । यसैगरी बारामा तीन लाख ६५ हजार ९३१ मा दुई लाख ६७ हजार ५८ जनाले खोप लिइसकेका छन् ।

पर्सामा फैलिएको हैजा महामारीको प्रतिकार्यस्वरूप जिल्लाका सबै स्थानीय तह र पर्सासँग सिमाना जोडिएका बाराका छ वटा स्थानीय तहहरु, कलैया उप–महानगरपालिका, जितपुर–सिमरा उप–महानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिकामा एक वर्ष उमेर माथिका सबैलाई हैजाविरुद्ध खोप दिइँदैछ ।

असोज २६ देखि पर्सा र २७ देखि बारामा सुरु भएको अभियान हाल सबै स्थानीय तहमा उत्साहका साथ सञ्चालन भइरहेको खोप शाखा प्रमुख डा गौतमले जानकारी गराए । उनले भने, “हाललाई भोलिसम्म अभियानलाई निरन्तरता दिन्छौँ । कति सकिन्छ त्यसका आधारमा तिहारपछि सञ्चालन गर्ने योजना छ ।”

नेपाल सरकारले पर्सा र बारामा देखिएको हैजा महामारीको उच्च जोखिमलाई ध्यानमा राखी खोप अभियान सञ्चालन गरेको हो । सरकारी तथा गैरसरकारी सङ्घ–संस्थाका कार्यालय, नियमित खोप सेवा सञ्चालन गर्ने बाह्य खोप केन्द्र, मन्दिर, मस्जिद, बसपार्क, नेपाल–भारत सिमानाका मुख्य नाका, उद्योग, कारखाना, इँट्टाभठ्ठा जस्ता स्थानहरूबाट खोप दिइएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  २ : ४३ बजे

श्रीलङ्काद्वारा शान्तिको अपील : ‘युद्ध अन्त्यका लागि हरेक पहलमा साथ दिन तयार छौँ’

कोलम्बो- श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले विश्व समुदायसँग शान्तिको अपील

सुनसरी १ : सुरूवातमा पछि परे हर्क, रास्वपाकी सरिन अगाडि

धरान- सुनसरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को सुरूवाती नतिजामा

धनकुटामा एमालेको सुरुवाती अग्रता

धनकुटा– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनकुटामा (नेकपा) एमालेको सुरुआती अग्रता लिएको

सर्लाही ३ मा रास्वपाका कलवारलाई कालोसूचीले छोएन, नारायणकाजीलाई तेब्बर बढी मतले पछि पारे

काठमाडौं- सर्लाही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र

मोरङ–३ मा रास्वपाका कार्की अगाडि

काठमाडौं– मोरङ क्षेत्र नम्बर ३ मा प्रारम्भिक मत परिणाम अनुसार