सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित « Khabarhub

सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ खटिएबापत प्राप्त रकमबाट कट्टा गरी स्थापना गरिएको सैनिक कल्याणकारी कोषबाट १० लाखभन्दा बढी हिताधिकारी लाभाविन्त भएको नेपाली सेनाले जनाएको छ ।

सेनाले विसं २०३२ मा सैनिक कल्याणकारी कोषको स्थापना गरी सङ्गठनमा कार्यरत सकलदर्जा तथा अवकाश प्राप्त सैनिक र सम्पूर्ण आश्रित परिवारलाई विभिन्न सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।

गत असार मसान्तसम्ममा कोषको नगद मौज्दात रु ७९ अर्ब तीन करोड २५ लाख र लगानी रु सात अर्ब ७१ करोड ५३ लाख गरी कूल सम्पत्ति रु ८६ अर्ब ७४ करोड ७८ लाख रहेको सेनाले जनाएको छ ।

सेनाले कोषबाट आफ्ना हिताधिकारिलाई शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतमा आधारित रही विभिन्न सेवा तथा सुविधा उपलब्ध गराउँदै आइएको युद्धकार्य निर्देशक मनोज थापाले जानकारी दिए ।

कल्याणकारी सुविधामध्ये शिक्षातर्फ हाल १२ वटा महाविद्यालय–विद्यालय, चिकित्सा, पोलिटेक्निक र कृषि गरी पाँच वटा प्राविधिक शिक्षालय र २४० वटा विद्यालयमार्फत हिताधिकारीलाई सुविधा प्रदान गरिएको सेनाले जनाएको छ ।

स्वास्थ्य सेवातर्फ काठमाडौं उपत्यकामा वीरेन्द्र अस्पताल, उपत्यका बाहिर तीन वटा सैनिक अस्पताल र तीन वटा फिल्ड अस्पतालहरु सञ्चालनमा छन् । जटिल प्रकृतिको रोग लागेका ५३० जना हिताधिकारी स्वास्थ्य सुविधाबाट लाभान्वित भसकेका छन् ।

आर्थिक वर्ष २०८१–८२ मा चार लाख ७६ हजार ३४८ जनालाई रु ७६ करोड ४५ लाख ४० हजार ८०७ बराबरको औषधि तथा औषधिजन्य सामग्री वितरण गरिएको सेनाले जनाएको छ । हालसम्म एक हजार ५८४ जनालाई रु ४० करोड ७५ लाख २० हजार स्वास्थ्य बिमाबापतको सहुलियत रकम प्रदान गरिएको छ ।

सेनाले सकल दर्जालाई आवास कर्जा, महत्वपूर्ण घडेरी कर्जा, परिवार आवास, सुपथ मूल्य क्यान्टिन, लघुवित्त कर्जा र सवारी कर्जा उपलब्ध गराउँदै आएको छ ।

हाल १० वटा मिसनमा ५३८ महिला सैनिकसहित कूल पाँच हजार ८२० जना शान्ति सैनिक तैनाथ रहेका निर्देशक थापाले जानकारी दिए । विश्व शान्ति स्थापनार्थ खटिइएका ७४ सैनिकहरुले जीवनोत्सर्ग गरेका छन् । हाल नेपाली सेना शान्ति स्थापना कार्यका लागि फौज खटाउने राष्ट्रहरुको सूचीमा पहिलो स्थानमा रहेको छ भने महिला सैनिकको सहभागितामा अग्रस्थानमा रहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ५ : २९ बजे

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान

काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी

पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा

काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु

काठमाडौँ- नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको

पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला

कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा