सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित « Khabarhub

सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ खटिएबापत प्राप्त रकमबाट कट्टा गरी स्थापना गरिएको सैनिक कल्याणकारी कोषबाट १० लाखभन्दा बढी हिताधिकारी लाभाविन्त भएको नेपाली सेनाले जनाएको छ ।

सेनाले विसं २०३२ मा सैनिक कल्याणकारी कोषको स्थापना गरी सङ्गठनमा कार्यरत सकलदर्जा तथा अवकाश प्राप्त सैनिक र सम्पूर्ण आश्रित परिवारलाई विभिन्न सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।

गत असार मसान्तसम्ममा कोषको नगद मौज्दात रु ७९ अर्ब तीन करोड २५ लाख र लगानी रु सात अर्ब ७१ करोड ५३ लाख गरी कूल सम्पत्ति रु ८६ अर्ब ७४ करोड ७८ लाख रहेको सेनाले जनाएको छ ।

सेनाले कोषबाट आफ्ना हिताधिकारिलाई शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतमा आधारित रही विभिन्न सेवा तथा सुविधा उपलब्ध गराउँदै आइएको युद्धकार्य निर्देशक मनोज थापाले जानकारी दिए ।

कल्याणकारी सुविधामध्ये शिक्षातर्फ हाल १२ वटा महाविद्यालय–विद्यालय, चिकित्सा, पोलिटेक्निक र कृषि गरी पाँच वटा प्राविधिक शिक्षालय र २४० वटा विद्यालयमार्फत हिताधिकारीलाई सुविधा प्रदान गरिएको सेनाले जनाएको छ ।

स्वास्थ्य सेवातर्फ काठमाडौं उपत्यकामा वीरेन्द्र अस्पताल, उपत्यका बाहिर तीन वटा सैनिक अस्पताल र तीन वटा फिल्ड अस्पतालहरु सञ्चालनमा छन् । जटिल प्रकृतिको रोग लागेका ५३० जना हिताधिकारी स्वास्थ्य सुविधाबाट लाभान्वित भसकेका छन् ।

आर्थिक वर्ष २०८१–८२ मा चार लाख ७६ हजार ३४८ जनालाई रु ७६ करोड ४५ लाख ४० हजार ८०७ बराबरको औषधि तथा औषधिजन्य सामग्री वितरण गरिएको सेनाले जनाएको छ । हालसम्म एक हजार ५८४ जनालाई रु ४० करोड ७५ लाख २० हजार स्वास्थ्य बिमाबापतको सहुलियत रकम प्रदान गरिएको छ ।

सेनाले सकल दर्जालाई आवास कर्जा, महत्वपूर्ण घडेरी कर्जा, परिवार आवास, सुपथ मूल्य क्यान्टिन, लघुवित्त कर्जा र सवारी कर्जा उपलब्ध गराउँदै आएको छ ।

हाल १० वटा मिसनमा ५३८ महिला सैनिकसहित कूल पाँच हजार ८२० जना शान्ति सैनिक तैनाथ रहेका निर्देशक थापाले जानकारी दिए । विश्व शान्ति स्थापनार्थ खटिइएका ७४ सैनिकहरुले जीवनोत्सर्ग गरेका छन् । हाल नेपाली सेना शान्ति स्थापना कार्यका लागि फौज खटाउने राष्ट्रहरुको सूचीमा पहिलो स्थानमा रहेको छ भने महिला सैनिकको सहभागितामा अग्रस्थानमा रहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ५ : २९ बजे

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

गण्डकी– आन्तरिक पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख सहरलाई

चालकको स्वास्थ्यसँग यात्रुको जीवन : कता छ राज्यको ध्यान ?

काठमाडौँ – सडकमा दिनहुँ गुडिरहेका हजारौँ सवारीसाधन केवल गन्तव्यतर्फ बढिरहेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौँ– ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ आज नेपालमा

राजनीति त गर्‍यौ प्रकाश, बिनास्वादैको !

काठमाडौं – अचेल एकपछि अर्का कलाकारलाई राजनीतिको चस्का लागेको छ।