गीतकार कवि अधिकारी सम्मानित « Khabarhub

गीतकार कवि अधिकारी सम्मानित


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कवि तथा गीतकार दिनेश अधिकारी सम्मानित भएका छन्। कवि अधिकारीको लेखन यात्राको स्वर्ण वर्षका अवसर पारेर ‘नझरेका फूलहरू’ संस्थाले उनलाई मोरङको बेलबारीमा सम्मान गरेको हो ।
 
कार्यक्रममा कवि हेमन यात्री, देवान किराँती, पूरन याक्खा, अस्मिता बिष्ट, भरत वर्वरिक, रेखा सुवेदीलगायतले कवि अधिकारीको हालै प्रकाशित कविता सङ्ग्रह ‘पानीको परेड’बाट कवितावाचन गरेका थिए ।
 
कवि मनु मन्जिलले कवि अधिकारी आफ्नो पुस्ताका अग्रणी कवि र गीतकार भएको उल्लेख गरे। ‘नझरेका फूलहरू’ का प्रस्तोता केपी घिमिरेले  संस्थाको गतिविधिमाथि प्रकाश पार्दै कवि अधिकारीलाई सम्मान गर्न पाएकामा संस्था गौरवान्वित भएको धारणा राखे।
 
कवि तथा गीतकार अधिकारीलाई सुन्न विभिन्न क्षेत्रका साहित्यकार र कलाकारको उपस्थिति थियो । कार्यक्रममा कवि अधिकारीले कविता र गीतका बारेमा सङ्क्षिप्त विचारसहित आफ्ना कविता र गीत वाचन गरेका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ५ : ५६ बजे

‘स्वास्थ्य क्षेत्रमा समस्या पहिचानसहित समाधानको कदम’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य क्षेत्रमा समस्या

कांग्रेसले स्वीकार गरेन सभापति गगन थापाको राजीनामा

काठमाडौं- नेपाली कांग्रेसको शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार

अर्थमन्त्रीमा स्वर्णिम वाग्ले निर्विकल्प !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्लेलाई नै अगाडि

वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण

काठमाडौं– शुक्रबारदेखि मुलुकका अधिकांश स्थानमा परेको वर्षासँगै वायु प्रदूषण उल्लेखनीय रूपमा

सभापतिको राजीनामा समस्या समाधान होइन : सहमहामन्त्री डिला

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले पार्टी सभापति