पशुपति क्षेत्रको नामकरणमा ‘विकास’ को ठाउँमा संरक्षण र संवर्द्धन राख्न माग | Khabarhub Khabarhub

पशुपति क्षेत्रको नामकरणमा ‘विकास’ को ठाउँमा संरक्षण र संवर्द्धन राख्न माग


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पशुपति क्षेत्र विकास कोषको नामाकरणमा ‘विकास’ लेखिएको स्थानमा संरक्षण र संवर्द्धन शब्द राखेमात्र यसको सोचअनुसार काम हुनसक्नेमा यस क्षेत्रका विज्ञहरूले जोड दिएका छन् ।

धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) ले विसं २०४४ मा कोष गठन हुँदा पहिलो कार्यकारी प्रमुख भई काम गरेका देवीप्रसाद चापागाईंसँग आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा कोषको नाममा ‘विकास’ शब्द राखिएकाले पुरातात्विक महत्त्वका संरचना पनि जथाभावी रूपमा भत्काएर बनाउनतर्फ मात्र ध्यान गएको बताए ।

मूल मन्दिरअघिको पश्चिम भागमा रहेको धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्त्वको आँगमघर पनि अन्यत्र सारेर विकास गरेजस्तो मात्र देखाइएको उनले धारणा राखे । “उक्त नाममा संरक्षण र संवर्द्धन राखिएको भए धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्त्वका यस्ता संरचना जोगाउनतिर ध्यान जाने थियो, विकास नाम राखिएकाले भत्काएर बनाउनतिर मात्र ध्यान गएजस्तो छ, म कार्यकारी प्रमुख हुँदा यस्ता काम भएको थिएन”, पूर्वकार्यकारी प्रमुख चापागाईंले भने ।

त्यसबेला सञ्चालक परिषद् र कार्यकारी समिति बेग्लाबेग्लै बनाएर व्यवस्थित गरिएकामा यो संरचना २०४९ सालपछि बिगारिएको उनले जानकारी गराए । परिषद्ले नीति निर्माण र कार्यकारी समितिले नीतिनियम कार्यान्वयन गर्दथ्यो । विसं २०४९ पछि भने सञ्चालक परिषद्ले नीतिनियम पारित गर्ने र कार्यान्वयन पनि गर्नेगरी व्यवस्था गर्दा केही समस्या आएको आफूले अनुभव गरेको उनले बताए ।

हजारौँ वर्षदेखिको इतिहास भएको द्वादश ज्योतिर्लिङ्गको पनि शिर पशुपतिनाथको विश्वभरका हिन्दूमाझ प्रचारप्रसार गर्न सके नेपालमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न सकिने भएकाले पशुपति क्षेत्रलाई व्यवस्थित गरिनुपर्ने पूर्वकार्यकारी प्रमुख चापागाईंको भनाइ थियो ।

समाजका अध्यक्ष पूर्णप्रसाद मिश्रले द्वादश ज्योतिर्लिङ्गको दर्शन गरिसकेपछि पशुपतिनाथको दर्शन नगरे मनोकामना सिद्ध हुँदैन भन्ने धार्मिक आस्थाका आधारमा विश्वभरका वैदिक सनातन धर्मावलम्बीले जीवनमा एकपटक पशुपतिनाथ आउन चाहने बताए ।

उनले यसअनुसार प्रचारप्रसारका साथै भौतिक एवं सांस्कृतिक संरचनाको निर्माण नभएकाले यस्तो बहस सुरु गरिएको उल्लेख गरे ।

यो बहसलाई कोषको कार्यकारी प्रमुख भई काम गरेका अन्य पदाधिकारीसम्म पनि विस्तार गरिने समाजले जनाएको छ । धार्मिक तथा सांस्कृतिक क्षेत्रलाई व्यवस्थित गर्न सरोकार भएका निकायका अधिकारीहरूलाई यस्ता बहसमा समावेश गराइँदै लगिने पनि सो अवसरमा जानकारी गारइएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ६ : १३ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’