एनपीएलको दोस्रो दिन दुई भिडन्त : कुन टिम कति बलियो ? « Khabarhub

एनपीएलको दोस्रो दिन दुई भिडन्त : कुन टिम कति बलियो ?


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार दुई खेल हुँदै छन् । पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । यो खेल बिहान ११:४५ बजे सुरु हुनेछ । चितवन कुशल मल्लको कप्तानीमा मैदानमा उत्रने छ भने कर्णालीको कप्तान सोमपाल कामी छन् ।

मंगरबार नै हुने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्दै छन् । विराटनगर सन्दीप लामिछानेको कप्तानीको टिम हो भने पोखाराका कप्तान कुशल भुर्तेल हुन् । यो खेल दिउँसो ४ बजे सुरु हुनेछ ।

टिम चितवनको शक्ति

चितवन राइनोज मार्की खेलाडी कुशल मल्ल हुन् । उनले टिमको कप्तानी गर्नेछन् । टिमका प्रमुख प्रशिक्षक उमेश पटवाल हुन् । नेपाली र विदेशी खेलाडीलाई चितवनले मिलाएर लिएको देखिन्छ ।

चितवनमा नेपाली चर्चित नाम रिजन ढकाल, कमलसिंह ऐरी, सन्तोष कार्की, दीपेश श्रेष्ठ, अमरसिंह रौतेला र दीपक बोहरा, गौतम केसी छन् ।

इङ्ल्यान्डका रवी बोपरा र सोहेल तनविरलाई चितवनले निरन्तरता दिएको छ । पहिलो सिजन सुदूरपश्चिमबाट खेलेका सैफ अली जैवसहित डेविड मलान र अल्पेस रामजानीले यो सिजन चितवनबाट खेल्दैछन् ।

कर्णालीको छुट्टै शान
कर्णाली याक्स हिमालयन बिल्डर्स एन्ड इन्जिनियर प्रालिको स्वामित्वको टिम हो। कर्णालीका मार्की खेलाडी सोमपाल कामी हुन् भने प्रमुख प्रशिक्षक ज्ञानेन्द्र मल्ल छन्। कर्णालीले प्रशिक्षणका लागि विदेशीको मुख ताकेको देखिँदैन । कर्णालीमा गुल्सनकुमार झासँगै नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती र देव खनाल जस्ता अनुभवी खेलाडी छन् ।

युवराज खत्री, विपिन शर्मा, पवन सर्राफ, रित गौतम, भुवन कार्की, दीपेन्द्र रावत र दीपक डुम्रे, युनिस विक्रमसिंह ठकुरीलाई टिममा समेटेको छ ।

अघिल्लो सिजन भारतका शिखर धवनलाई भित्र्याएर चर्चा कमाएको कर्णालीले यो सिजनमा भने अस्ट्रेलियाका विलियम बोसिस्टोसँगै भारतका प्रियांक पञ्चाललाई ल्याएको छ।

अफगानिस्तानका नाजिबउल्लाह जद्रान, नेदरल्याण्ड्सका म्याक्स ओ’डाउड र स्कटल्याण्डका मार्क वाट कर्णालीमा छन् । कर्णालीले ब्याट र बल दुवै पक्षलाई ध्यान दिएर खेलाडी छनोट गरेको छ ।

सन्दीपको कप्तानी विराटनगर किंग्स

सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगरको छुट्टै चर्चा छ । दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई भित्राएर सन्दीपले थप उचाइ नापेका छन् । विराटनगरको प्रशिक्षण पुबुदु दासानायकेले गर्दैछन् ।

मार्टिन गप्टिल, मच्र्यान्ट डी ल्याङ्गे, जर्ज मन्से, शुभम रञ्जने र साम हिजलेट जस्ता विदेशी खेलाडी विराटनगरमा छन् ।

नेपाली चर्चित नामसमेत विराटनगरले पाएको छ । कप्तान सन्दीप, लोकेश बम, बसिर अहमद, सुवास भण्डारी, प्रतिश जिसी, नारायण जोशी, श्रावण किस्कु, आयुष न्यौपाने, साहिल पटेल, शङ्कर राना र सूर्य तामाङ विराटनगरका खेलाडी हुन् ।
समग्रमा हेर्दा विराटनगरको ब्याटिङ र बलिङ लाइनअप सन्तुलित बनाएको छ ।

पोखराका जिमी निशमलाई कसले रोक्ने ?

पहिलो संस्करण जनकपुरलाई उपाधि दिलाएका जिमी निशमलाई भित्र्याएर यो सिजन पोखरोले चर्चा पाएको छ । पहिलो संस्करणका रेमन राइफरलाई निरन्तरता दिँदै पोखरोले इंग्ल्याण्डका जेसन रोय, एडम रोसिङ्टन र डन डाउथवेटलाई स्वागत गरिसकेको छ । पोखराका प्रमुख प्रशिक्षक राजीव कुमारले ब्याटिङ लाइन दरिलो बनाएको देखिन्छ ।

कुशल भुर्तेल कप्तान रहेको यो टिममा दिनेश खरेल, अर्जुन कुमाल, त्रितराज दास, किरण ठगुन्ना, कृष्ण पौडेल र सन्दीप पौडेलको ब्याट चल्नेछ भने बलिङमा आकाश चन्द, सागर ढकाल, विपिन खत्री, अभिषेक तिवारी छन् । यो सिजन पोखराको बलिङमा भन्दा ब्याटिङ युनिटमा ध्यान दिएको देखिन्छ ।

सोमबार भएको उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजसँग ५ विकेटले पराजित भएको छ ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुनेछन्। नेपाल क्रिकेट सङ्घ ९क्यान०ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ।

एनपीएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने छ। एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्।

शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ। क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रुपियाँ तय गरेको छ।

एनपीएलमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ९ : ०९ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती