जसपामा अलमल : नेकपासँग एकता गर्ने कि मधेशवादी दलतिरै फर्किने ? « Khabarhub

जसपामा अलमल : नेकपासँग एकता गर्ने कि मधेशवादी दलतिरै फर्किने ?


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा विवाद देखिएको छ। जारी कार्यकारिणी बैठकमा नेताहरू नेपाली कम्युनिस्ट पार्टी र मधेशवादीसँग मिल्ने विषयमा बाझिएका हुन् ।

सोमबारबाट सुरू भएको बैठक मङ्गलबार पनि जारी रहने नेता प्रदीप यादवले बताए । यादवका अनुसार बैठकमा कार्यकारणी सदस्यहरूले सम्भावित रणनीतिबारे आफ्नो धारणा राखिरहेका छन्।

धारणा राख्ने क्रममा सोमबारको बैठकमा ५० प्रतिशत कार्यकारणी सदस्यले पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्नुपर्ने मत राखे ।

यस्तै अन्य सदस्यहरूले मधेसवादी दलहरूसँग एकता गर्नुपर्ने पक्षमा आफ्नो मत राखेका छन् ।

‘सोमबारको बैठकमा ५० प्रतिशत सदस्यले नेकपासँग एकता गर्नुपर्ने मत राख्नुभएको छ । अन्य ५० प्रतिशत केन्द्रीय सदस्यले मधेसी दलहरूसँग एकता गएर अथवा मोर्चाबन्दी गरेर अगाडि बढ्नुपर्ने कुरा राख्नुभएको छ’, यादवले खबरहबसँग भने,‘पार्टीमा विवाद छैन, कसैले नेकपासँग एकता गर्नुपर्ने त कसैले मधेसीसँग मोर्चा अथवा कार्यगत एकता गर्नुपर्ने भन्नुभएको छ। सबैको विचार सुनेर अध्यक्षज्यूले निर्णय गर्नुपर्छ भन्नुभएको छ ।’

यादव पार्टी एकताका विषयमा लिएर सामान्य छलफल भए पनि विवाद भएर पार्टी विभाजन हुने अवस्था नआउने कुरामा ढुक्क छन्।

गतवर्ष उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट छुटेर अशोक राईले जसपा बनाएका थिए । त्यसबेला उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भए ।

राईको पार्टीमा पनि ठूलो पंक्तिमा मधेसी दलका नेताहरू छन्। राईनिकटहरू नेकपासँग एकता गर्नुपर्ने पक्षमा छन् ।

तर प्रदीप यादवसहित, नवलकिशोर साह लगायतका नेताहरू मधेसवादी दलहरूसँग कार्यगत एकता अथवा पार्टी एकता गर्नुपर्ने पक्षमा छन्। जसपाले यसको टुंगो मंगलबार बेलुकासम्म लगाउने भएको छ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १२ : १९ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट