चितवनविरुद्ध कर्णालीको उत्कृष्ट सुरुवात, प्रियांकले हाने अर्धशतक « Khabarhub

चितवनविरुद्ध कर्णालीको उत्कृष्ट सुरुवात, प्रियांकले हाने अर्धशतक


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिगको अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले गतिलो सुरूवात गरेको छ।

ओपनरद्वय चल्दा कर्णालीले आफूलाई गतिलो स्कोरतिर लगेको हो । कर्णालीलाई गतिलो स्कोरतिर लाने क्रममा प्रियंक पञ्चलले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएका कर्णालीका प्रियांकले २८ बलमा ४ चौका र तीन छक्काको सहयोगमा अर्धशतक प्रहार गरेका हुन् ।

खेल ११ ओभरमा आइपुग्दा कर्णालीले ब्याटिङको राम्रो लय समातेको छ । उक्त ओभरमा ८४ रन जोड्दै एक विकेट मात्रै गुमाएको छ ।

कर्णालीका ओपरनद्वय प्रियंका र म्याक्स ओ डाउडले ६१ रनको साझेदारी गरेका थिए ।

यो साझेदारी चितवनका बलर सैफ जैबले भंग गरेका हुन् । उनले पहिलो विकेटकारुपमा म्याक्सलाई ८ ओभर ५ बलमा आउट गरेका हुन् ।

जारी सिजनमा अर्धशतक प्रहार गर्ने प्रियंका दोस्रो खेलाडी हुन् । उद्घाटन खेलमा जनकपुर बोल्ट्सका आशिफ शेखले काठमाडौं गुर्खाजविरुद्ध सिजनको पहिलो अर्धशतक प्रहार गरेका हुन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १२ : ४४ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको