सिजनकै पहिलो शतक बनाउन चुके प्रियांक, कर्णालीले गुमायो दोस्रो विकेट « Khabarhub

सिजनकै पहिलो शतक बनाउन चुके प्रियांक, कर्णालीले गुमायो दोस्रो विकेट


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो सिजनको मंगलबार भइरहेको पहिलो खेलमा कर्णाली याक्सले गतिलो स्कोर बनाउने अवस्थामा पुगेको छ।

ओपनिङ ब्याटर प्रियांक पञ्चल चलेपछि कर्णालीले चितवन राइनोजलाई दबाबमा राखेको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीका प्रियंकाले अर्धशतक पूरा गरे ।

प्रियांकले ४८ बलमा सात चौका र ६ छक्काको सहयोगमा ९० रन बनाउँदै आउट भए । प्रियांक छक्का प्रहार गर्ने कोसिसमा बाउन्ड्री नजिकै समातिँदै सिजनकै पहिलो शतक बनाउनबाट १० रनले चुके ।

प्रियंकाको ब्याटिङ चितवनका बलरसामु हाबी भएको थियो । चितवनका रवि ओभपारले उनलाई क्याट आउट गराएका हुन् । प्रियांक आउट भएसँगै चितवनले राहतको स्वास फेरेको छ ।

खेल १५ ओभरमा ४ बलमा आइपुग्दा कर्णाली २ विकेटको क्षतिमा १२४ रनको जोडेको अवस्था छ ।

कर्णालीले सुरुवातदेखि नै उत्कृष्टि ब्याटिङको लय समातिरहेको छ । ओपनरद्वय प्रियंका र म्याक्स ओुडाउडले ६१ रनको साझेदारी गरेका थिए ।

पहिलो विकेटका रुपमा म्याक् २० रन जोडेर ८ ओभर पाँच बलमा आउट भए । उनको विकेट चितवनका सैफ जैबले लिएका हुन् ।

अहिले चितवनलाई विकेटको खाँचो छ । सहज लक्ष्यका लागि कर्णालीको विकेट लिन आवश्यक देखिन्छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १ : ०७ बजे

आइसीसी टि२० विश्वकप : भारतद्वारा नेदरल्याण्ड्स १७ रनले पराजित

काठमाडौं – आइसीसी टि२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम

रुकुम-पूर्व पुगेर प्रचण्डले भने : क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँ

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा