प्रसाईंलाई समातेपछि प्रशासन घेर्न पुगे समर्थक (तस्बिरहरू) « Khabarhub

प्रसाईंलाई समातेपछि प्रशासन घेर्न पुगे समर्थक (तस्बिरहरू)


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेपछि समर्थकहरूले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं घेराउ गरेका छन् ।

सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाउने निर्णय भएसँगै समर्थकले प्रशासन घेराउ गरेका हुन् ।

उनलाई जिल्ला प्रहरी परिसरले सरकारी वकिलको कार्यालयमार्फत् बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थित गराउँदैछ । प्रहरीले उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुर लगाइसकेको छ ।

प्रसाईंलाई सोमबार मध्यराति भक्तपुरको थिमीस्थत निवासबाट जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको थियो ।

समाज भड्काउने गरी दिएको अभिव्यक्तिले हिंसा भड्किन सक्ने आँकलनपछि प्रहरीले मध्यराति भर‍्‍‍याङ लगाएर घरभित्र छिर्दै समातेको हो ।

उनले यही मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने बताएका छन् । प्रसाईंले एनपीएल क्रिकेट, राजमार्गसहितका क्षेत्र ठप्प पार्ने घोषणा गरेका थिए ।

एनपीएल क्रिकेट प्रतियोगिता रोक्ने चेतावनी दिएपछि सरकार र सुरक्षा अधिकारीहरू गम्भीर भए उनलाई समातेका हुन् । सुरक्षा परिषद्को बैठकमा कुरै भएर उनीमाथि प्रहरीले धरपकड गरेको हो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  २ : १८ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको