एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ « Khabarhub

एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युएईमा यही मङ्सिर ५ गते (नोभेम्बर २१) देखि सुरु हुन लागेको एसिसी यु–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीको आज बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीहरूलाई राष्ट्रिय झण्डा प्रदान गर्दै बिदाइ गरे । उनले नेपाली खेलाडी कुनै पनि देशका खेलाडीभन्दा कमजोर नरहेको उल्लेख गर्दै प्रतियोगितामा उत्कृष्ट नतिजा आउने विश्वास प्रकट गरे ।

अध्यक्ष चन्दले नेपाली क्रिकेटको भविष्य यिनै उदाउँदा युवा प्रतिभाहरूकै काँधमा रहेकाले समर्थन र सहयोगका लागि क्यान सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली यु–१९ टोलीका कप्तान अशोक धामीले टोलीका सबै खेलाडीले लामो समयदेखि कडा परिश्रम, अनुशासन र समर्पणसहित प्रतियोगिताको तयारी गरेको बताउँदै एसिसी यु–१९ प्रिमियर कप जित्ने लक्ष्यसहित युएई प्रस्थान गर्न लागेको बताए ।

नेपाल क्रिकेट सङ्घका अनुसार उक्त प्रतियोगितामा सहभागी हुनका लागि १४ जना खेलाडीको बिदाइ गरिएको हो ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ९ : ०८ बजे

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई

केन्द्रीय कारागार छिरेका गृहमन्त्रीले भेटे टोपबहादुर र राजेश अहिराजलाई

काठमाडौं- गृहमन्त्री ओम प्रकाश अर्याल मंगलबार काठमाडौंस्थित दुई ठूला कारागार