खेल क्षेत्रलाई प्राथमिकताकासाथ अघि बढाइनेछ : मुख्यमन्त्री शाह « Khabarhub

खेल क्षेत्रलाई प्राथमिकताकासाथ अघि बढाइनेछ : मुख्यमन्त्री शाह


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले खेल क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन् । बर्दगोरिया स्पोट्र्स एण्ड इभेन्ट्सको आयोजनामा आजदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशव्यापी विद्यालयस्तरीय छात्रछात्रा फुटबल प्रतियोगिता–२०८२ को उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताए।

मुख्यमन्त्री शाहले खेलकुदको समग्र विकासका लागि स्पष्ट नीति तथा कार्यखाका तयार गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। सबै क्षेत्रमा एकै पटक बजेट विनियोजन गर्न नसकिए पनि प्राथमिकताका आधारमा क्रमिक रूपमा विकास कार्य अघि बढाइने उनले उल्लेख गरे।

खेलकुदले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने बताउँदै उनले खेलकुदको विकासका लागि तीनै तहका सरकारले पर्याप्त बजेट सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

प्रतियोगितामा कैलाली र कञ्चनपुरका सरकारी तथा निजी विद्यालयका ४८ टिम सहभागी रहेको आयोजकले जनाएको छ । जसमध्ये छात्रतर्फ ३२ टिम र छात्रातर्फ १६ टिम छन् । प्रतियोगिता मङ्सिर १२ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ९ : ५० बजे

क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिएपछि बढ्दो

सांसदहरूलाई रविले भने : सरकार बनेको बेलुकाबाटै ढाल्न लाग्छन्, सचेत हुनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई संयमितता

हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल  

काठमाडौं– एयर डाइनेस्टी सर्भिसको हेलिकोप्टर बुधबार खोटाङमा दुर्घटनामा परेको छ।

हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि