बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग « Khabarhub

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् ।

विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको, लामो समयसम्म संसद् छलेर भाग्न खोजेको आरोपसमेत लगाएका छन् ।

ज्ञापनपत्रमा सरकारले जनताका आवाज उठाउने थलो प्रदेशसभालाई लामो समय बन्द गर्न नहुने भन्दै विभिन्न विषय उठान गरिएका छन् ।

ज्ञापनपत्रमा प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल, एकीकृत समाजवादीका वसन्त मानन्धर र हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

संसदीय व्यवस्थामा सरकारले अधिवेशन नबोलाएको खण्डमा प्रदेशसभा नियमावलीअनुसार एक चौथाइ सांसदको निवेदनमा विशेष अधिवेशन वा बैठक बोलाउन सकिने व्यवस्था रहेको उल्लेख गर्दै सोही प्रक्रिया अपनाउने अवस्था आउन नदिन चेतावनी दिइएको छ ।

‘जेनजी विद्रोह’ पछि देश सङ्कटमा रहेको र सङ्घीय संसद्समेत विघटन भएको अवस्थामा प्रदेशसभा नै अनिर्णयको बन्दी बनाइएको ती पार्टीहरूको आरोप छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ६ : ३२ बजे

लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रका कर्मचारी जोखिममा

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शुक्रबार भएको विस्फोटमा इन्डोनेसियाका तीन कर्मचारी

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

एजेन्सी– अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ ।

गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल

गाजा– हमासले शुक्रबार गाजा पट्टीको व्यवस्थापन र युद्धविराम सम्झौताको पहिलो

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक

अन्तर्राष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौँ– बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना