काठमाडौं- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको मतदानको मतगणना सुरू भएको छ।
सुरुवाती रूझानमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीको प्यानल बलियो देखिएको छ।
उपाध्यक्षतर्फ ओली प्यानलका विष्णु प्रसाद पौडेल १७३ मतसहित अगाडि देखिएका छन् । त्यसपछि ओली प्यानलकै पृथ्वी सुब्बा गुरुङलाई १७१ मत मिलेको छ।
ओली प्यानलकै रामबहादुर थापा बादललाई पनि १५३ मत मिलेको छ। उपाध्यक्षमा ईश्वर पोखरेल प्यानलका गोकर्ण विष्ट सुरक्षित हुने देखिएको छ । उनले १३३ मत ल्याएका छन् ।
उपाध्यक्षमा कसको कति मत?
अरूण नेपाल – ३८
गुरू प्रसाद बराल – १०९
गोकर्णराज विष्ट – १३३
टंक प्रसाद कार्की – ४३
पृथ्वी सुब्बा गुरूङ – १७१
रघुजी पन्त – १२३
राम बहादुर थापा (बादल) -१५३
डा. विन्दा पाण्डे – ९८
विष्णुप्रसाद पौडेल – १७३
भिम प्रसाद आचार्य : २७













प्रतिक्रिया