सचिवतर्फ लोकप्रिय मत पद्माकुमारी अर्याललाई « Khabarhub

सचिवतर्फ लोकप्रिय मत पद्माकुमारी अर्याललाई


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एमालेको ११ औँ महाधिवेशनको प्रारम्भिक मतपरिणामअनुसार ९ जना सचिवका लागि २० जनाबीचको प्रतिस्पर्धामा पद्माकुमारी अर्याल सबैभन्दा अघि देखिएकी छन् ।

प्रारम्भिक मतगणनाअनुसार अहिलेसम्म अर्यालले १५२ मत ल्याएकी छन् । उता केपी ओलीका प्रिय पात्र महेश बस्नेतले पनि १४८ मत ल्याएका छन् । उनीहरू दुवै ओली प्यानलका हुन् ।

अर्कातिर ईश्वर पोखरेल प्यानलका गोकुल बास्कोटाले पनि १०४ मत ल्याउन सफल भएका छन् । यहाँ ओली प्यानलका शेरधन राई, हिक्मतकुमार कार्की र खगराज अधिकारीले क्रमश १४१, १३८ र १३२ मत ल्याएका छन् । उता सचिवका उम्मेदवार कर्ण थापाले ९३ मत ल्याएका छन्।

यस्तो छ सचिवतर्फको प्रारम्भिक मतगणना
पद्मा कुमारी अर्याल १५२
महेश बस्नेत १४८
छविलाल विश्वकर्मा १४५
शेरधन राई १४१
हिक्मत कुमार कार्की १३८
खगराज अधिकारी १३२
अग्नि प्रसाद खरेल ७७
इन्द्रलाल साप्कोटा ४१
कर्णबहादुर थापा ९३
कृष्ण गोपाल श्रेष्ठ ५९
गोकुल प्रसाद बास्कोटा १०४
ठाकुर प्रसाद गैरे ९३
पुरुषोत्तम पौडेल ४९
पेम्वा लामा ५०
भानुभक्त ढकाल १०७
यमलाल कडेल १२८
रचना खड्का ८३
राजन भट्टराइ ११३
लाल बाबु पण्डित ७३
विनोद प्रसाद ढकाल ८२

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ११ : ०३ बजे

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको