केपी ओली र शंकर पोखरेल दुवैले बढाए अग्रता « Khabarhub

केपी ओली र शंकर पोखरेल दुवैले बढाए अग्रता


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान जारी मतगणनाअनुसार अध्यक्ष र महासचिव दुवै पदमा केपी शर्मा ओली र शंकर पोखरेलले अग्रता बनाएका छन् ।

४ सय मतगणना हुँदा ओलीले ३३३ मतसहित अग्रता बनाएका छन् । उता उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ११० मत ल्याएका छन् ।

उता महासचिव पदमा शंकर पोखरेलले २४९ ल्याउँदा उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले १९४ मत ल्याएका छन् ।

पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार मतगणना सुरु भएको २ घण्टाभित्र सम्पूर्ण परिणाम सार्वजनिक हुनेछ ।

बुधबार बिहान ९ बजे सुरु भएर बिहीबार बिहान साढे ६ बजे सकिएको मतदानमा २ हजार २६३ मध्ये २ हजार २२७ प्रतिनिधिले मतदान गरेका छन् ।

मतदानमा ३६ जना अनुपस्थित भए । मतदानका लागि ८० विद्युतीय मेसिनको प्रयोग गरिएको थियो ।

एमाले महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । महाधिवेशनमा ६४२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

अध्यक्ष र महासचिवको परिणाम

अध्यक्ष

केपी शर्मा ओली–३३३

ईश्वर पोखरेल–११०

महासचिव

शंकर पोखरेल–२४९

सुरेन्द्र पाण्डे १९४

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ११ : ०९ बजे

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको