उपमहासचिवमा लेखराज पहिलो, योगेश तेस्रो, चौथोमा विष्णु रिमाल « Khabarhub

उपमहासचिवमा लेखराज पहिलो, योगेश तेस्रो, चौथोमा विष्णु रिमाल


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको मतदानको मतगणना जारी छ ।

४ सय मत गनिसक्दाको सुरुवाती रूझानमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीको प्यानल बलियो देखिएको छ।

यता उपमहासचिव पदमा ओली प्यानलका लेखराज भट्ट, रघुवीर महासेठ र ईश्वर पोखरेल प्यानलका योगेश भट्टराईले लोकप्रिय मत पाएका छन् ।

सुरूवाती रूझानमा भट्टले ४४० मत पाउँदा भट्टराईको पक्षमा ४०४ मत परेको छ। यहाँ ओली प्यानलका महासेठलाई ३९३ मत आएको छ । यही पदमा ओलीनिकट विष्णु रिमाल ३२५ मतसहित चौथोमा छन् ।

उता पोखरेल प्यानलका वैजनाथ चौधरी १५१ र आनन्द पोखरेल २०४ मतसहित अन्तिममा छन् ।

उपमहासचिव

योगेश भट्टराई – ४०४

लेखराज भट्ट – ४४०

रघुवीर महासेठ – ३९३

आनन्द प्रसाद पोखरेल – २०४

विष्णु प्रसाद रिमाल – ३२५

वैजनाथ चौधरी – १५१

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ११ : २५ बजे

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त