पाँच वर्षमा पनि बनेन सेती नदीमा पुल « Khabarhub

पाँच वर्षमा पनि बनेन सेती नदीमा पुल


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

तनहुँ– यहाँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधीन पुल पाँच वर्षमा पनि सम्पन्न भएको छैन । हालसम्म ६५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । 

व्यास–३ र ऋषिङ–१ जोड्ने उक्त पुल निर्माणमा ठेकेदार कम्पनीले ढिलाइ गरेको हो । पटक–पटक ताकेता गरेपछि निर्माण कम्पनीले हालै पुनः काम थालेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख सिनियर डिभिजन इन्जिनियर रवीन्द्र तिवारीले जानकारी दिए । उनले भने, ‘पुलको ‘स्टिल पाटर्स’ निर्माण हुने भएकाले फेब्रिकेसन भइसकेको छ ।’ 

दुई ‘स्पाम’ मध्ये चालु आर्थिक वर्षमा एक ‘स्पाम’ निर्माण पूरा हुनेगरी काम गरिरहेको र बाँकी अर्को एक ‘स्पाम’ निर्माणका लागि निर्माण कम्पनीले भारतबाट समान ल्याइसकेको पूर्वाधार कार्यालयले जनाएको छ । 

गण्डकी प्रदेश सरकारको रु ३२ करोड ४० लाख २७ हजार १९४ को लागतमा पुल निर्माण भइरहेको हो । कार्यालयका अनुसार पुल निर्माणका लागि विसं २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौँसँग सम्झौता भएको थियो । १५५ मिटर लामो पुलको चौडाइ ९ दशमलव ५० मिटर हुनेछ । 

पाइल फाउण्डेशनमा निर्माण हुने पुल ‘स्टिल ट्रस’ को हुनेछ । उक्त पक्की पुल तीन वर्षमा निर्माण सम्पन्न गर्ने म्यादसहित विसं २०७७ चैत २३ गते शिलान्यास गरिएको थियो । 

हालसम्म तीन पटक म्याद थप भइसकेको र अन्तिम पटकका लागि विसं २०८२ चैतसम्म म्याद थप गरिएकोमा उक्त अवधिभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिन थालेको सो कार्यालयले जनाएको छ । रासस
 

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ११ : ५१ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६