काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा सचिव पदतर्फ ११३९ मत गन्दा शीर्ष ९ जना स्पष्ट अग्रतामा देखिएका छन्। सचिवमा ९ जना निर्वाचित हुने व्यवस्था छ।
हालसम्मको मतपरिणाम अनुसार निर्वाचित हुने अवस्थामा रहेका सचिवहरू यस्ता छन्
महेश बस्नेत- ७८३
पद्मा कुमारी अर्याल- ७७८
छविलाल विश्वकर्मा – ७६९
शेरधन राई – ७६७
खगराज अधिकारी – ६८०
हिक्मत कुमार कार्की – ६७२
यमलाल कडेल – ६२६
राजन भट्टराई – ५८१
भानुभक्त ढकाल – ५५२
यी उम्मेदवारहरूमा ईश्वर पोखरेल प्यानलका गोकुल बाँस्कोटाले १०औँ स्थानमा रहँदै अझै आशा बाकी राखेका छन्।
मतगणनाको यो चरणमा पराजयतर्फ देखिएका उम्मेदवारहरूमा गोकुल प्रसाद बाँस्कोटा ९५२८०, ठाकुर प्रसाद गैरे ९४६२०, रचना खड्का ९४५९०, कर्णबहादुर थापा ९४४४०, लाल बाबु पण्डित ९३९९०, अग्नि प्रसाद खरेल ९३७७०, विनोद प्रसाद ढकाल ९३५५०, कृष्ण गोपाल श्रेष्ठ ९३२५०, पेम्बा लामा ९२५५०, पुरुषोत्तम पौडेल ९२३०० र इन्द्रलाल सापकोटा ९२०९० छन्।
मतगणना जारी रहे पनि शीर्ष ९ र बाँकी उम्मेदवारबीचको मतान्तरका कारण सचिव पदको नतिजा लगभग निश्चित देखिएको छ।













प्रतिक्रिया