चौथो बन्दै उपमहासचिवमा पराजित भए ओलीका भित्रिया विष्णु रिमाल « Khabarhub

चौथो बन्दै उपमहासचिवमा पराजित भए ओलीका भित्रिया विष्णु रिमाल



काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ओलीका सबैभन्दा विश्वासिला पात्र विष्णु रिमाल उपमहासचिवमा पराजित भएका छन् ।

हरेक राजनीति निर्णयहरूमा ओलीका भरोसा रिमाललाई प्रतिनिधिले तीन उपमहासचिवमध्ये चौथो स्थानमा मात्रै मत दिएका छन्। उनको स्थानमा ईश्वर पोखरेल प्यानलबाट योगेश भट्टराई निर्वाचित भए।

अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला रिमाल राजनीतिक रूपमा आड भरोसा दिने व्यक्ति हुन् ।

ओ‌लीलाई असफल बनाउन उनको योगदान रहेको चर्चा पनि हुने गरेको थियो । उनलाई केपी शर्मा ओलीको दाहिने हात भनिए पनि राजनीति निर्णयहरूमा अपरिपक्कताका कारण ओली विफल भएको टिप्पणी हुने गरेको थियो ।

रिमालको स्वभाव पनि राजनीतिकभन्दा टेक्नोक्रयाट थियो । ओलीलाई प्रधानमन्त्रीमा असफल बनाउने पात्रका रुपमा एमालेबाटै गरिएको घेराबन्दीका कारण उनी एघारौं महाधिवेशनमा पराजित भएका हुन् ।

ओलीका विश्वासिला र बौद्धिक नेताको छवि बनाएका निवर्तमान उपमहासचिव प्रदीप ज्ञवाली पनि बिदा भएका छन् । ओलीले महासचिव पद नदिएपछि उनी केन्द्रीय सदस्य मात्रै उठेका छन् ।

महासचिव पद नपाएपछि मौनविद्रोह गरेका ज्ञवाली सँगै निर्वाचनबाट हारेका विष्णु पनि ओलीको साथमा नहुँदा ओलीलाई समस्या पर्न सक्छ ।

रिमालपछि ओलीलाई राम्रो साथ दिएका महासचिव शङ्कर पोखरेल दोस्रो पटकलाई विजयी भएका छन् ।

किन हारे विष्णु ?

विष्णु हार्नुको प्रमुख कारण उनको राजनीति चरित्रलाई मानिएको छ। यस अगाडि पनि एमाले उपमहासचिव रहेका रिमालले आफूनिकट नेताबाहेकलाई अवसर नदिएको आरोप छ। ओलीपछि आफैं सर्वेसर्वा बन्न खोजेका कारण हारेको बताइन्छ।

‘अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक होस् या सामाजिक रुपमा अपरिपक्क निर्णय गर्न लगाउन विष्णु कमरेडको ठूलो हात थियो। सचिवालय बैठक बस्दा पनि उहाँले अध्यक्ष ओलीलाई गाइड गर्नु हुन्थ्यो’, ती नेताले भने, ‘उहाँ राजनीतिक रूपमा भन्दा पनि आफ्नो गुटभित्र मात्रै रमाउन लाग्नुभो। जनतासँग प्रत्यक्ष भिजेको अनुभव उहाँसँग छैन।’

प्रधानमन्त्रीको राजनीति सल्लाहकार हुँदा पनि विभिन्न ठेक्कापट्टाको डिल आफैंले गरेको आरोप उनीमाथि लाग्ने गरेको थियो।

सदाबहार सहयोगी नेता रिमाल पराजित हुनुले ओलीलाई समस्या हुन सक्ने नेताहरूको अनुमान छ।

पेशाले इन्जिनियर नेता रिमाल एमालेको नवौँ महाधिवेशनमा सचिवका उम्मेदवार थिए। सचिवबाट पराजित भएपनि एमालेको दशौँ महाधिवेशनमा ओलीले उनलाई उपमहासचिवमा निर्वाचित गराए ।

नवौं महाधिवेशनमा सचिवमा पराजित भए पनि उनलाई ओलीले पार्टीको आर्थिक विभाग प्रमुख बनाएका थिए।

अहिलेसम्म प्रत्यक्ष निर्वाचन नजितेका रिमालले २०६४ सालमा समानुपातिकबाट सांसद बन्ने अवसर पाए। त्यो नै उनको राजकीय भूमिका हो।

अध्यक्ष ओलीले रिमाललाई कतै न कतै व्यवस्थापन गर्ने पनि नेताहरूले आकलन गर्न थालिसकेका छन्। सबैभन्दा विश्वास पात्र पराजित भएपछि ओलीले कस्तो प्रतिक्रिया दिन्छन् त्यो भने हेर्न बाँकी छ। उता ‌ओलीका नयाँ विश्वासपात्र महेश बस्नेतले भने सचिवमा जितेका छन्

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  १ : ५५ बजे

विश्वकप : अफगानिस्तानले क्यानडालाई दियो २०१ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

रुफटफ भएका गाडी उम्मेदवारले प्रयोग गर्नै नपाउने

काठमाडौँ- केन्द्रीय सुरक्षा समितिले उम्मेदवारले छत खोल्न मिल्ने गाडी (रुफटफ)

कांग्रेस-एमालेको दुई तिहाइको दम्भका कारण देशमा असहज अवस्था आयोः उपेन्द्र यादव

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमालेको

जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

कास्की – जावलाखेल युथ क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना