मौन बसेरै रघुजीले जिते उपाध्यक्ष « Khabarhub

मौन बसेरै रघुजीले जिते उपाध्यक्ष


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको एघारौं महाधिवेशनमा उपाध्यक्षमा रघुजी पन्तले मौन विद्रोह गरेर जितेका छन्।

अन्य उम्मेदावरहरूले आक्रमक प्रचार गर्दा रघुजीले मौन बसेरै उपाध्यक्ष पदमा निर्वाचन जितेका छन्।

पाँचजना उपाध्यक्षका लागि भएको निर्वाचनमा पन्तले १२ सय ५८ मत ल्याएर निर्वाचित भए। अन्य उम्मेदवारहरूमा गोकर्ण विष्ट ईश्वर पोखरेल प्यानलबाट निर्वाचित भए।

एमालेको दशौँ महाधिवेशनमा उपाध्यक्ष पदमा हारेका उनी एघारौं महाधिवेशनमा निर्वाचित भएका हुन्।

मौन बसेका उनलाई ईश्वर पोखराल प्यानल र केपी शर्मा ओली टिमकै केही नेताहरूले सहयोग गरेका थिए। तर उनले प्रचार गरेको देखिएको थिएन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटबाट विद्या भट्टराईले राजीनामा दिएपछि शिक्षामन्त्री भएका पन्तको यो जितलाई अर्थपूर्ण मानिएको छ।

अध्ययन अनुसन्धान र लेखपढमा दक्षता राख्ने हुने बौद्धिक नेता हुँदाहुँदै पनि एमालेमा अवसर नपाएका नेताका रुपमा उनी गनिन्थे ।

यससँगै उपाध्यक्षमा ओली प्यानलका विष्णु पौडेल, रामबहादुर थापा बादल र पृथ्वी सुब्बा गुरुङ निर्वाचित भएका छन्।

पन्तले विभिन्न ओलीका अभिव्यक्तिहरूमा बौद्धिक रूपले तार्किक जवाफ दिने गरेका थिए । मीनबहादुर गुरुङको जग्गादान लिएको विषयमा उनले असन्तुष्टि राखेका थिए ।

मनमोहनका अनुयायी

पत्रकारिताबाट आएका उनले दृष्टि बुधबार छलफल लगायतका पत्रिकामा काम गरेका छन्। नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको राजनीति प्रेरणाबाट शिक्षित उनी हरेक राजनीति निर्णयहरूमा उनको मार्गदर्शनलाई सम्झने गर्छन्।

ओलीको निरंकुशतामाथि प्रश्न उठाएपछि उनी माधव नेपाल समूहमा नेकपा विगठनपछि लागेका थिए। तर सर्वोच्च अदालतले नेकपा विगठन गरेपछि उनी एमालेमै योगेशहरूसँग यथावत रहेको थिए ।

रघुजीले स्वतन्त्र रूपमा उपाध्यक्षको निर्वाचन जितेपछि सबैले उनको प्रशंसा गरेका छन् । २०५२ मा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहँदा राम्रो भूमिका निर्वाह गरेको पाइन्छ।

महाधिवेशनमा राम्रो मत ल्याएर रघुजी निर्वाचित भएपछि ओलीका एक आलोचक जोडिएका छन् । उनले ओलीलाई बौद्धिक र तार्किक बहसबाट चुनौती दिन सक्छन् ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  २ : ३२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन