वीर अस्पतालका फेलोसिप चिकित्सकलाई निर्वाह भत्ता « Khabarhub

वीर अस्पतालका फेलोसिप चिकित्सकलाई निर्वाह भत्ता


३ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत सञ्चालन भइरहेका विभिन्न विषयका फेलोसिप कार्यक्रममा भर्ना भएका चिकित्सकलाई मास्टर लेभल सरहको निर्वाह भत्ता उपलब्ध गराइने भएको छ ।

प्रतिष्ठानका अनुसार २०८२-०१-०२ गते उपकुलपतिको अध्यक्षतामा बसेको बैठकले न्याम्सअन्तर्गतका आबद्ध आङ्गिक अस्पतालका सरोकारवालाको उपस्थितिमा यस्तो निर्णय गरेको न्याम्सका सहायक डीन (परीक्षा) प्रा.डा. विकास विक्रम सिंह अधिकारी द्वारा जारी गरिएको सूचनामा भनिएको छ । 

उक्त निर्णयअनुसार चिकित्सा शिक्षा आयोगको गाइडलाइन बमोजिम फेलोसिप कार्यक्रममा अध्ययनरत चिकित्सकले मास्टर तह बराबरको निर्वाह भत्ता पाउनेछन् । यस निर्णयले फेलोसिप अध्ययन गरिरहेका चिकित्सकको आर्थिक भार कम हुनुका साथै अध्ययन र सेवामा थप उत्प्रेरणा मिल्ने विश्वास गरिएको छ । 

न्याम्स अन्तर्गत वीर अस्पतालसहितका आङ्गिक अस्पतालमा कार्यरत फेलोसिप चिकित्सकहरू लामो समयदेखि निर्वाह भत्ताको माग गर्दै आएका थिए ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ३ : ३१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली