वीर अस्पतालका फेलोसिप चिकित्सकलाई निर्वाह भत्ता « Khabarhub

वीर अस्पतालका फेलोसिप चिकित्सकलाई निर्वाह भत्ता


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत सञ्चालन भइरहेका विभिन्न विषयका फेलोसिप कार्यक्रममा भर्ना भएका चिकित्सकलाई मास्टर लेभल सरहको निर्वाह भत्ता उपलब्ध गराइने भएको छ ।

प्रतिष्ठानका अनुसार २०८२-०१-०२ गते उपकुलपतिको अध्यक्षतामा बसेको बैठकले न्याम्सअन्तर्गतका आबद्ध आङ्गिक अस्पतालका सरोकारवालाको उपस्थितिमा यस्तो निर्णय गरेको न्याम्सका सहायक डीन (परीक्षा) प्रा.डा. विकास विक्रम सिंह अधिकारी द्वारा जारी गरिएको सूचनामा भनिएको छ । 

उक्त निर्णयअनुसार चिकित्सा शिक्षा आयोगको गाइडलाइन बमोजिम फेलोसिप कार्यक्रममा अध्ययनरत चिकित्सकले मास्टर तह बराबरको निर्वाह भत्ता पाउनेछन् । यस निर्णयले फेलोसिप अध्ययन गरिरहेका चिकित्सकको आर्थिक भार कम हुनुका साथै अध्ययन र सेवामा थप उत्प्रेरणा मिल्ने विश्वास गरिएको छ । 

न्याम्स अन्तर्गत वीर अस्पतालसहितका आङ्गिक अस्पतालमा कार्यरत फेलोसिप चिकित्सकहरू लामो समयदेखि निर्वाह भत्ताको माग गर्दै आएका थिए ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ३ : ३१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन