पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता « Khabarhub

पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गत हप्तामा पाकिस्तानी जेलबाट रिहा भएका कुल १६७ जना अफगान कैदीहरू सुरक्षित अफगानिस्तानमा फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

मन्त्रालयका अनुसार यी व्यक्तिहरूलाई एक दिन देखि दुई महिना सम्म हिरासतमा राखिएको थियो । तिनीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा पार गरेर अफगानिस्तान फर्केको जनाइएको छ भने आइ पुगे पछि, उनीहरूले आफ्नो गृह प्रान्तहरूमा पुग्नु अघि सीमा क्षेत्रमै सहयोग प्राप्त गरेको जनाइएको छ ।  

केही महिना अघि जारी गरिएको देशको विदेश मन्त्रालयको तथ्यांकले दश हजार भन्दा बढी अफगान नागरिकहरू विदेशमा, बन्दी बनाइएका छन् भने अधिकाशं इरान र पाकिस्तानमा रहेको जनाइएको छ ।  

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ४ : ३१ बजे

पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने

काठमाडौं – नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली

युक्त राज्य अमेरिकाद्वारा साउदी अरबसँग गैर–सैनिक आणविक सम्झौताको घोषणा

रियाद – संयुक्त राज्य अमेरिका र साउदी अरबले बुधबार साउदी

शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत पाटनको आदेश

काठमाडौं- उच्च अदालत पाटनले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पुर्पक्षका

अमेरिका–साउदीबीच गैरसैनिक आणविक सम्झौता घोषणा

एजेन्सी– संयुक्त राज्य अमेरिका र साउदी अरबले साउदीमा गैरसैनिक आणविक