नेपाल चिकित्सक संघद्वारा उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक « Khabarhub

नेपाल चिकित्सक संघद्वारा उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए)को केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । 

निर्वाचन समिति (२०८२–२०८५) ले विभिन्न पदका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।

 निर्वाचन समितिका अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष (प्रदेश प्रतिनिधित्वसहित), महासचिव, कोषाध्यक्ष, सह–महासचिव तथा कार्यकारिणी सदस्य पदका लागि उम्मेदवारी दर्ता भएका छन् । प्रकाशित नामावलीप्रति कुनै दाबी, विरोध वा संशोधन गर्नुपर्ने भएमा तोकिएको समयभित्र उजुरी दिन सकिने व्यवस्था गरिएको छ ।

समितिले २०८२-०९-०४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचन समितिको कार्यालय, सिद्धि सदन, एक्जिबिसन रोड, काठमाडौंमा उपस्थित भई वा आधिकारिक इमेलमार्फत उजुरी दर्ता गर्न सकिने जनाएको छ । प्राप्त उजुरीहरूको छानबिनपछि निर्वाचन तालिकाअनुसार अन्तिम उम्मेदवार नामावली सार्वजनिक गरिनेछ ।

नेपाल चिकित्सक संघको निर्वाचन समितिमा प्रमुख निर्वाचन अधिकृत डा. प्रणय रत्न शाक्य, निर्वाचन अधिकृत अधिवक्ता बाबुराम अर्याल तथा डा. अतीत पौडेल रहेका छन् । समितिले निर्वाचन प्रक्रिया पारदर्शी, निष्पक्ष र समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ६ : १९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन