चीन नेपालको असल सहयोगी, ‘एक चीन नीति’मा प्रतिबद्ध छौँ : सञ्चारमन्त्री खरेल « Khabarhub

चीन नेपालको असल सहयोगी, ‘एक चीन नीति’मा प्रतिबद्ध छौँ : सञ्चारमन्त्री खरेल


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीच लामो समयदेखिको असल छिमेकी रहेको भन्दै नेपाल एक चीन नीतिप्रति सधै प्रतिबद्ध रहेको बताएका छन् ।

काठमाडौँमा बिहीबार आयोजित चौथो संकरणको ‘चाइना–नेपाल मिडिया समिट’ लाई सम्बोधन गर्दै मन्त्री खरेलले नेपालको विकास र सद्भावका निम्ति चीन सरकारको निरन्तर सहयोगको सराहना गरे ।

चीनले नेपालको विशेषगरी पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्‍याएको उनले उल्लेख गरे ।

‘चीन नेपालको लामो समयदेखिको सहयोगी छिमेकी हो’, सञ्चारमन्त्री खरेलले भने, ‘खासगरी नेपालको पूर्वाधार विकास, आर्थिक विकास, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति, सम्पदाको विकास प्रवर्द्धनमा उत्तिकै योगदान गरेको छ, यसका लागि चीन सरकार र चिनियाँ जनताप्रति आभार प्रकट गर्दछु ।’

नेपालका लागि जनगणतन्त्र चीनका कन्सुलर झु फेङले दुई देशबीचको सम्बन्धको विविध आयामबारे चर्चा गरे ।

दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्धारा आयोजित समिटमा चिनियाँ र नेपाली सञ्चारमाध्यमबीच अन्तर्राष्ट्रिय विषयवस्तुमा छलफलमा केन्द्रित थियो ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ६ : १३ बजे

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति