एमालेसँग मिल्न खोज्दा वामदेवको एकता अभियान नै फुट्यो « Khabarhub

एमालेसँग मिल्न खोज्दा वामदेवको एकता अभियान नै फुट्यो


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान विभाजित भएको छ।

उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बुहमत केन्द्रीय समिति सदस्यहरू वामदेवबाट छुट्टिएका हुन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरूले नेकपा एकता राष्ट्रिय अभियान त्यागेको घोषणा गरेका हुन् ।

अर्याल नेकपा एकता राष्ट्रिय अभियानमा लुम्बिनी प्रदेश इन्चार्ज पनि हुन् । त्यस्तै, कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र मधेश प्रदेश इन्चार्ज हरि काफ्लेले वामदेवसँग छुट्टिँदै नयाँ यात्रा थालेका छन् ।

उनीहरूले एकता र समायोजनका लागि विचार मिल्ने नेकपा (माओवादी केन्द्र) लगायत वामपन्थी दलसँग वार्ता गर्ने निर्णय गरेका छन् । त्यसका लागि ४ सदस्यीय वार्ता समिति बनाइएको छ ।

वार्ता समिति संयोजक अर्याललाई तोकिएको छ । टोलीमा काफ्ले, सुब्बा र भट्टराई सदस्य छन् ।

पछिल्लो समय एकीकृत समाजवादीसँग संवाद गरेका वामदेव अहिले नेकपा एमालेतिर नजिकिएका छन् ।

उनले निःशर्त एमालेमा प्रवेश गर्नुपर्छ भनेपछि विभाजनतिर जानुपरेको बाटो नेताहरूले बताएका छन् । उनीहरूको बुझाइमा एमालेभन्दा माओवादीनै अग्रगामी शक्ति हो ।

२०७९ असारमा गठनलगत्तै नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई युवराज सफलले निष्कासित गरेका थिए ।

सफलले वामदेवलाई निकालेपछि एकता अभियानको सचिवालय बनाएका थिए । तर सफल अहिले उक्त अभियानबाट पनि बाहिरिएर बसेका छन् ।

पछिल्लो पटक यही पुस १७ गते वामदेवले नेकपा (एकीकृत समाजवादी) सँग एकताको समझदारी गरेका थिए । गौतम र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एकताका लागि सैद्धान्तिक सहमति भएको बताएका थिए ।

तर, पुस २१-२३ को एमाले केन्द्रीय कमिटी बैठकले पार्टी छाडेर गएकाहरूलाई फर्किनका लागि ढोका खुल्ला गरेसँगै वामदेव समाजवादीबाट टाढिएका छन् ।

एमाले छाडेको बताए पनि उनले संगठित सदस्यता भने श्रीमतीमार्फत् नवीकरण गराइरहेका छन् । पुस १७ मा नेपालसँग भएको आलोकनगर वार्तापछि गौतमले छिट्टै पार्टी एकता हुने बताएका थिए । तर अहिले उनी एमालेतिर जाने गरी संवाद छन् ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  २ : २३ बजे

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा