नेप्से बढेर २६०१ विन्दुमा पुग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण  « Khabarhub

नेप्से बढेर २६०१ विन्दुमा पुग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण 


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५८ अंकले बढेर २६०१.२१ विन्दुमा पुगेको छ । 

आज नेप्से ०.४८ प्रतिशतले बढ्दा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार रुपैयाँ बराबरको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता शेयर कारोबार भएको छ । 

आज १७१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३२५ वटा कम्पनी कारोबारमा आउँदा ७२ हजार ५४० पटक शेयर किनबेच भएको छ ।  

आज १३ वटा समूहमध्ये ३ वटा समूह घटेको छ भने बाँकी १० वटा समूह बढेको छ । 

आइतबार उत्पादन तथा प्रशोधन समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज उक्त समूह २.५७ प्रतिशतले बढेर ६ हजार ८९४.९२ विन्दुमा पुगेको छ । 

आज सबैभन्दा कम वाणिज्य बैंक समूह ०.१७ प्रतिशतले बढेको छ  भने बसैभन्दा बढी म्युचुअल फण्ड समूह ०.४६ प्रतिशतले घटेको छ । आज सबैभन्दा कम होटल तथा पर्यटन समूह ०.०८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ३ : १२ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६