‘माग्ने राजा’ मा आर्यनको ‘एक्स्टेन्डेट केमियो’, कस्तो हो यो भूमिका ? « Khabarhub

‘माग्ने राजा’ मा आर्यनको ‘एक्स्टेन्डेट केमियो’, कस्तो हो यो भूमिका ?


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ केन्द्रीय भूमिकामा रहने भनिएको फिल्म ‘माग्ने राजा’मा अभिनेता आर्यन सिग्देल अनुबन्ध भएका छन् ।

निर्माण पक्षले आइतबार आर्यन अननुबन्ध भएको सार्वजनिक गरेको हो । उनी महत्वपूर्ण भूमिकामा अनुबन्ध भएको बताइएको छ ।

आर्यन अहिले दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’को छायाङ्कनमा व्यस्त छन् । यसको छायाङ्कन सकिएलगत्तै ‘माग्ने राजा’को सुटिङमा सहभागी हुनेगरी कागजी सम्झौता भएको बुझिएको छ ।

निर्देशक ऋषि लामिछानेका अनुसार ‘माग्ने राजा’को छायाङ्कन फागुन पहिलो साताबाट सुरु हुनेछ । यस फिल्ममा आर्यन र केदारको तेस्रो सहकार्य हुनेछ ।

उनीहरूले यसअघि छक्का पञ्जा र छक्का पञ्जा– ५ मा सहकार्य गरेका थिए । यद्यपि; यी दुवै फिल्ममा आर्यनले ‘केमियो’ भूमिकामा देखिएका थिए ।

यो फिल्ममा आर्यनको ‘एक्स्टेन्डेट केमियो’ भूमिकामा रहेको बुझिएको छ । यस अर्थ लामो भूमिकाको केमियो हो । यस किसिमको केमियो भूमिकाले फिल्मलाई नयाँ ट्विस्ट दिनसक्छ ।

यो फिल्ममा केदार र आर्यनसहित नायिका वर्षा शिवाकोटी, मिस पबी, शिशिर वाङ्देल लगायतका कलाकार फाइनल भएका छन् । थप कलाकार चयनको काम बाँकी रहेको निर्देशक लामिछाने बताउँछन् ।

सामिप्यराज तिमिल्सनाको पटकथा र संवाद रहने यस फिल्मका निर्माता मुनाल घिमिरे हुन् । यस फिल्ममा तीन करोड रुपैयाँ लगानी हुने बताइएको छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ४ : १८ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति भण्डारी धरौटीमा रिहा

काठमाडौँ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगीता सिंह भण्डारी

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरुलाई आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले आसन्न निर्वाचनलाई केन्द्रित घोषणापत्र सार्वजनिक गर्न मितिनै

कांग्रेसले चुनावी घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा

‘तयारीबिनाका आयोजनाले वित्तीय प्रणालीमा चुनौती’

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले सरकारले बजेट तर्जुमा गर्दा सम्बन्धित मन्त्रालयहरूले

नेपालमा कतारी लगानी भित्र्याउनेबारे गभर्नर पौडेलसँग छलफल

काठमाडौं – नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ