कोलम्बियामा विद्रोहीको आक्रमण : कम्तीमा ६० जनाको मृत्यु « Khabarhub

कोलम्बियामा विद्रोहीको आक्रमण : कम्तीमा ६० जनाको मृत्यु


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कोलम्बिया– कोलम्बियामा नेशनल लिबरेसन आर्मी (इएलएन) विद्रोहीको आक्रमणमा परी कम्तीमा ६० जनाको मृत्यु भएको छ । 

कोलम्बियामा अहिले पनि सक्रिय सशस्त्र समूहमध्ये सबैभन्दा ठूलो बामपन्थी लडाकू समूह नेसनल लिबरेशन आर्मी (ईएलएन) का लडाकूहरू हालैका दिनहरूमा भएको भिडन्तमा कोलम्बियाको रिभोल्युसनरी आम्र्ड फोर्सेज अफ कोलम्बिया (फार्स) का विद्रोहीहरूविरुद्ध उत्रेका छन्।

भेनेजुएलासँग सीमा जोडिएको अशान्त क्याटाटुम्बो क्षेत्रमा पछिल्लो आक्रमणपछि भएको भिडन्तमा मृत्यु हुनेको सङ्ख्या ६० पुगेको अधिकारीहरूले शनिबार बताएका छन् । 

प्रतिद्वन्द्वी समूहहरूले वर्षौँदेखि यस क्षेत्रमा कोकिनको व्यापार नियन्त्रणका लागि लडाइँ गर्दै आएका छन् ।

कोलीम्बयामा सन् २०१६ मा फार्कसँग ५० वर्षभन्दा लामो युद्धपछि शान्ति सम्झौता भएको थियो ।

सैन्य कमाण्डर जनरल लुइस एमिलियो कार्डोजोले शनिबार भने, ‘देशको क्याटाटुम्बो क्षेत्रमा निकै नाजुक अवस्था छ ।’

उनले भने, ‘उनीहरुले स्थानीय निहत्था नागरिकलाई घरबाट निकालेर दयनीय तरिकाले हत्या गरेका छन्, सबै मानव अधिकारको उल्लङ्घन गरेका छन् । यो क्षेत्रलाई स्थिर बनाउने राष्ट्रिय सेनाको रूपमा हामीमा निर्भर छ,’ कार्डोजोले यस क्षेत्रमा तैनाथ सयौँ सैनिकहरूलाई सम्बोधन गर्दै भने । 

सन् २०२२ मा निर्वाचित भएपछि राष्ट्रपति गुस्ताभो पेट्रोले अझै पनि कोलम्बियाको केही भागहरूमा नियन्त्रण गरिरहेका इएलएन र अन्य सशस्त्र समूहहरूसँग वार्ता सुरु गरेका थिए । 

ईएलएन समूहले ‘युद्ध अपराध’ गरेको आरोप लगाउँदै उनले अशान्तिको पछिल्लो शृङ्खलाको समयमा शुक्रबार उक्त समूहसँग वार्ता रोकेको घोषणा गरेका थिए ।

कोलम्बियाको ओम्बड्सम्यान कार्यालयले शनिबार राति क्याटाटुम्बोमा करिब ६० जनाको मृत्यु भएको जनाएको छ । कार्यालयका अनुसार केही बासिन्दा हिंसाबाट बच्न ‘पहाडी क्षेत्रमा शरण लिइरहेका’ छन् ।

‘शान्तिमा हस्ताक्षर गर्ने, सामाजिक अगुवा र उनीहरूका परिवार र बालबालिकासमेत धेरैलाई अपहरण वा हत्याको विशेष जोखिम छ,’ कार्यालयले भनेको छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ५ : ११ बजे

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा