खो खो विश्वकप : उपाधि जित्न चुक्यो नेपाली महिला टोली « Khabarhub

खो खो विश्वकप : उपाधि जित्न चुक्यो नेपाली महिला टोली


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली महिला टोली पहिलो खो खो विश्वकपमा उपविजेता बनेको छ । नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी इन्डोर हलमा आइतबार भएको फाइनलमा नेपाल आयोजक भारतसँग ७८–४० ले पराजित भयो । भारतले अपराजित रहँदै उपाधि जितेको हो ।

नेपाली महिला टोलीले पहिलो विश्वकप सहभागितामै रजत जितेर इतिहास रचेको छ । नेपालले सेमिफाइनलमा युगान्डालाई ८९–१८ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

महिला खो खो टोली सरस्वती कडायतको कप्तानीमा विश्वकप खेलेको हो । टोलीमा मानमती धामी, पूजा ओड, आशा थारु, दीपा बिक, निशा शाही, कर्माकुमारी शाही, कन्चन चौधरी, पुनम थारु, सम्झना विक, दीपाकुमारी बिक,खुश्बु राना, वर्षा पण्डित, गीता चौधरी र अनिशा गोले छन् ।

महिला टिम प्रशिक्षकमा लक्ष्मीनारायण बैद्य हुन् । नेपालको पुरुष टोलीले पनि आजै भारतसँग उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ८ : ११ बजे

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा