झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगितामा बुढा र तामाङ उत्कृष्ट « Khabarhub

झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगितामा बुढा र तामाङ उत्कृष्ट


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नवौ झिल्टुङ्ग क्रसकन्ट्री दौड प्रतियोगितामा लामो दुरीको दौडतर्फ पुरुषमा अर्जुन बुढा र महिलामा विमला तामाङ विजयी भएका छन् ।

प्रतियोगितामा १३ दशमलव पाँच किलोमिटर दुरीको खुला महिलातर्फ १ घण्टा १३ मिनेट ३० सेकेण्डमा पूरा गर्दै तामाङ प्रथम भइन् । उक्त दुरी १ घण्टा १३ मिनेट ४३ सेकेण्डमा पूरागर्दै नेपाल प्रहरीको निमा लाक्पा शेर्पा दोश्रो र एकघण्टा १३ मिनेट ५३ सेकेण्डमा पूरा गर्दै रोल्पाकी आश्मा विश्वकर्मा तेस्रो भइन् ।

१३ दशमलव पाँच किमी खुला पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका अर्जुन बुढा ५३ मिनेट २६ सेकेण्डमा पूरा गर्दै पहिलो भए । सोही दुरी ५३ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै सोही क्लबका टङ्क कार्की दोस्रो र ५७ मिनेट ३४ सेकेण्डमा पूरा गर्दै ललितपुरका प्रविण लिम्बू तेस्रो भए ।

स्थानीय पुरुषमा बिमल थापा मगरले एक घण्टा ४ मिनेटमा निर्धारित १३ दशमलव पाँच किमी पार गर्दै प्रथम भए । उक्त दुरीअन्तर्गत ४५ वर्षमाथिका पुरुष भेट्रान प्रतिस्पर्धामा नेपाल राष्ट्र बैंकबाट सहभागी रेवत दाहाल एक घण्टा १० मिनेटमा पूरा गर्दै प्रथम भए।

प्रतियोगिताअन्तर्गत चार दशमलव पाँच किमी खुला जुनियर छात्रतर्फ काठमाडौँका नवराज बानियाँ र छात्रातर्फ विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयका आयुश्मा आचार्य प्रथम भइन् । सोही दुरीमा स्थानीय विद्यालयतका विद्यार्थीको प्रतिस्पर्धामा छात्रतर्फ महादेव माविका गोकुल कुँवर र छात्रातर्फ इन्द्रेश्वर आधारभूत विद्यालयका सकिना तामाङले प्रथम स्थान हासिल गरिन् ।

चार दशमलव पाँच किमी दुरीको दौड प्रतियोगितामा आमा समूहको तर्फबाट सनिता श्रेष्ठ र सोही दुरीमा ४५ वर्षमाथीका स्थानीय हजुरबा र बा समूहको तर्फबाट चन्द्रमान श्रेष्ठ प्रथम भए ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ८ : ३२ बजे

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा