रुस-युक्रेन युद्ध : सीमामा नेटो सेना पठाउने विषयमा रुसको असहमति « Khabarhub

रुस-युक्रेन युद्ध : सीमामा नेटो सेना पठाउने विषयमा रुसको असहमति


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

साउदी अरब – रुसका विदेश मन्त्रीले युक्रेनमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)का सेना पठाउने कुरालाई अस्वीकार गर्ने बताएका छन्। साउदी अरेबियामा अमेरिकी प्रतिनिधिमण्डलसँगको भेटको क्रममा विदेश मन्त्री सर्जी लेबरेभले सो कुरा बताएका हुन्।

रुस र अमेरिकाबीच युद्ध अन्त्यका लागि वार्ताका आधार तयार गर्ने सहमति भएको छ। सोही क्रममा लेबरेभले कुनै पनि किसिमको र कुनै पनि झन्डा मुनिका सेनालाई शान्तिको स्थापनाको नाममा स्वीकार गर्न नसकिने बताएका छन।

युक्रेनी राष्ट्रपति भालाडोमिर जेलन्सकीले आफ्नो अनुपस्थितिमा यो वार्ता हुनुलाई आश्चर्य रुपा हेरेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि जेलेन्सकीको प्रतिक्रियाले आफूलाई आश्चर्य लागेको बताएका छन्।

ट्रम्पले शान्ति स्थापनाका लागि नेटोले सेना पठाउने कुरालाई भने सकारात्मक रूपमा लिएका छन्। यो वार्तापछि दुवै देशले सकेसम्म एक अर्को देशमा चाँडो राजदूत पठाउने लेबरेभले बताएका छन्।

पेरिसमा भएको युरोपेली सम्मेलनमा भने नेटो सेना पठाउने कुरामा विमति भएको थियो। बेलायती प्रधानमन्त्री केइर स्टेइमरले युक्रेनको सुरक्षाका लागि नेटोले सेना पठाउने कुरा व्यवहारिक भएको बताएका थिए।

यसैगरी जर्मन चान्सलर ओज् साल्जले भने नेटोको सेना पठाउने कुरा अव्यवहारिक भएको बताए। पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले पनि सेना पठाउने आफ्नो इच्छा नरहेको बताएका थिए। इटालीले पनि यस विषयमा शङ्का व्यक्त गरेको थियो।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ७ : १४ बजे

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत अवस्थामा भेटिए

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका

सर्बियामा विद्यार्थी आन्दोलनको विजय

बेलग्रेड– सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही– उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनः

बुद्धको अस्थिधातु दर्शनका लागि खुला

काठमाडौं– ललितपुरको पुल्चोकस्थीत अक्षेश्वर महाविहारमा शाक्यमुनि बुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनका