काठमाडौं महानगरमा १० हजार ७२९ वर्गमिटर ढुंगा छापियो (तस्बिरहरु)  | Khabarhub Khabarhub

काठमाडौं महानगरमा १० हजार ७२९ वर्गमिटर ढुंगा छापियो (तस्बिरहरु) 


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा ढुंगा बिछ्याउने काम गरिरहेको छ । अहिलेसम्म महानगरले १० हजार ७२९ वर्गमिटर क्षेत्रमा ढुंगा छापिसकेको छ । 

महानगरको सार्वजनिक निर्माण विभागले दिएको जानकारी अनुसार महानगरले चालु आर्थिक वर्ष २०८१÷०८२ भित्र ३२ हजार ८५१ वर्गमिटर क्षेत्रफलमा योजना रहेको छ । 

सम्पदा क्षेत्र, पैदल मार्ग, भित्री सडक तथा गल्लीमा ढुंगा बिछ्याउने काम भइरहेको विभागका प्रमुख सुरज शाक्यले जानकारी दिएका छन् । 

महानगरको ६, ८, १२, २१, २६ र २७ गरी ६ वटा वडा र हनुमान ढोका दरबार संरक्षण क्षेत्रमा ढुंगा बिछाइरहेको शाक्यको भनाई छ । ढुंगा विछाउनका लागि २९ करोड ४७ लाख ८८ हजार ८५९ रुपैयाँ लागत अनुमान गरिएकोमा सार्वजनिक खरिद प्रक्रियाबाट २८ करोड १४ लाख ९२ हजार ४२७ रुपैयाँमा सम्झौता भएर काम भइरहेको विभागले दिएको तथ्यांकमा उल्लेख छ । 

सम्पन्न ५ वटा योजनामा वडा नम्बर ८ को जयबागेश्वरी मार्ग सिफल सेतो ढोकादेखि जयबागेश्वरी चोकसम्मको १ करोड २६ लाख ६० हजार रुपैयाँ लागतमा १ हजार ४८५ वर्गमिटर मार्गको काम सकिएको विभागले जानकारी दिएको छ । 

त्यस्तै, वडा नम्बर १२ को ह्युमत खोल्सापाखा, ह्युमतदेखि लगनसम्मको १ करोड ५४ लाख ६८ हजार ८०० रुपैयाँ लागतमा १ हजार ८२५ वर्गमिटर मार्गमा ढुंगा बिछ्याइसकिएको छ । 

साथै, वडा नं. २१ को लगन चोकमा १ करोड ३६ लाख २९ हजार ७२७ रुपैयाँ लागतमा २ हजार ९२ वर्गमिटर क्षेत्रको काम सकिएको छ । त्यस्तै, वडा नम्बर २६ को कुमारीकृपा मार्गको १ हजार १७ वर्गमिटर क्षेत्र र वडा नम्बर ६ को रामहिटी मार्गमा ४४ लाख ८७ हजार ६ सय रुपैयाँ लागतमा ५२० वर्गमिटर क्षेत्रको काम सम्पन्न भएको छ । 

सम्पन्न योजनाका लागि महानगरपालिकाले अहिलेसम्ममा ४ करोड ६२ लाख ४६ हजार ६८७ रुपैयाँ भुक्तानी गरिसकेको विभागले जानकारी दिएको छ । 

जमलदेखि असन हुँदै इन्द्रचोकसम्मको ढुंगा छाप्ने काममा कमलादी, भोटाहिटी असन हुँदै इन्द्रचोकसम्मको निर्माण कार्य भइरहेको छ । 

असनदेखि वीर अस्पताल, महावौद्ध हुँदै चित्तधर मार्ग र हनुमान ढोका दरबार क्षेत्रमा विद्युत् भूमिगत गर्ने कार्यसँग समन्वय भइरहेको शाक्यले जानकारी दिए । त्यो ठाउँमा विद्युत् प्राधिकरणको तार भूमिगत गर्ने योजना रहेकोले योजना कार्यान्वयनमा समन्वय भइरहेको शाक्यको भनाई छ । 

‘ढुंगा छापेपछि विद्युतका तार भूमिगत गर्दा स्रोत र समयको खर्च बढ्छ’, शाक्यले भने, ‘यसकारण विद्युत् प्राधिकरणले तार भूमिगत गर्नासाथ हाम्रो योजना अगाडि बढाउँछौँ ।’

हेर्नुहोस् तस्बिरहरु :

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ११ : १५ बजे

आज २०८१ साल फागुन ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल फागुन ९ गते शुक्रबार फागुन

चालक मजदूर संघद्वारा ताप्लेजुङ बन्दको घोषणा

ताप्लेजुङ – पाथीभरा क्षेत्रमा तनाव बढ्दै गएपछि सवारी चालक मजदूर

प्रकृति लम्साल मृत्युबारे छानबिन गर्न पत्राचार

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कालिंगा

रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा राष्ट्रिय तथा

दूरसञ्चारको नीति र ऐन परिमार्जन आवश्यक छ : सञ्चारमन्त्री गुरुङ

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दूरसञ्चारको