केआईआईटीका महानिर्देशकसहित तीन उच्च अधिकारी पक्राउ « Khabarhub

प्रकृतिको मृत्यु र नेपाली विद्यार्थीमाथि ज्यादती

केआईआईटीका महानिर्देशकसहित तीन उच्च अधिकारी पक्राउ


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको ओडिशा राज्यस्थित भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी) मा आइतबार शंकास्पद अवस्थामा मृत भेटिएकी नेपाली छात्रा प्रकृति लम्सालको प्रकरणमा थप तीनजना पक्राउ परेका छन् ।

भुवनेश्वर प्रहरीले कलेजका मानव स्रोत महानिर्देशक ५९ वर्षीय शिवनन्द मिश्र, प्रशासन निर्देशक ५० वर्षीय प्रतापकुमार चमुपती, छात्रावास निर्देशक सुधीरकुमार राठलाई पक्राउ गरेर हिरासतमा लिएको हो ।

प्रकृतिको मृत्युपछि छानबिन माग्दै नेपाली विद्यार्थीमाथि कुटपिट र दुर्व्यवहारमा संलग्न केआईआईटी विश्वविद्यालयका सुरक्षा गार्डहरू ४५ वर्षीय रमाकान्त नायक, रवीन्द्र नायक, जोगेन्द्र बेहेरा र बेगु बहेरालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

भुवनेश्वर प्रहरीले सोमबार नै केआईआईटीमा अध्ययनरत भारतीय युवा २१ वर्षीय अद्विक श्रीवास्तवलाई पक्राउ गरिसकेको छ । उनलाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । उनको शारीरिक तथा मानसिक यातनाकै कारण प्रकृतिले आत्महत्या गर्न बाध्य भएको समाचार आइरहेका छन् ।

उता प्रकृतिको शव नेपाल ल्याउन भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय भइरहेको छ। बुधबार साँझसम्म शव रुपन्देही ल्याउने तयारी भएको छ ।

गत आइतबार अपराह्न ४ बजे २० वर्षीया प्रकृति होस्टलको कोठामा मृत भेटिएकी परेकी थिइन् । साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शनमा उत्रिएका ७ सय बढी नेपाली विद्यार्थीमाथि बाहिरका युवा र सुरक्षागार्ड लगाएर कुटपिटसहित निकालेको थियो ।

यस प्रकरणमा कलेज प्रशासनले पटक पटक माफी मागेको छ । नेपाली छात्रा मृत भेटिएपछि त्यहाँ अध्ययनरत ३ सय बढी नेपाली विद्यार्थी देश फर्किएका छन् । यो प्रकरणले संसद्‍मा पनि प्रवेश पाएको छ । ओडिसा राज्यको विधानसभामा पनि यो विषय पुगेको छ । जसकारण ओडिसा सरकारले घटनाको छानबिनका लागि उच्चस्तरीय समिति बनाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रकृतिका प्रेमी भनिएका अद्विक श्रीवास्तवसहित ६ जना प्रहरी नियन्त्रणमा छन् । श्रीवास्तवको यातना सहन नसकेर प्रकृतिले आत्महत्या गरेको उनका साथीहरूले बताएका छन् । केआईआईटीमा दुईजना सुरक्षागार्ड सेवाबाट बर्खास्त भइसकेका छन् । अन्य तीनजनालाई सेवाबाट निलम्बित गरिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १२ : २९ बजे

जीवित आमालाई ढोग, दिवङ्गतलाई तर्पण

काठमाडौँ – नेपाली समाजमा आमालाई जीवनदायिनी, ममता र स्नेहकी प्रतिमूर्ति

आजको मौसम पूर्वानुमान : केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

काठमाडौँ – हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण

ट्रम्पको पहलमा लेबनानमा युद्धविराम : सीमावर्ती क्षेत्रमा भने अझै रकेट प्रहार

जेरुसेलम– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा लेबनानसँग भएको अप्रत्याशित युद्धविरामले

आईपीएल: डी ककको शतक छायामा, मुम्बईलाई ७ विकेटले हराउँदै पञ्जाब शीर्ष स्थानमा

मुम्बई– ओपनर प्रभसिमरन सिंह र कप्तान श्रेयस ऐरको उत्कृष्ट ब्याटिङको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी मुद्राको