अदालतले ‘लाज शरणम्’ लाई रोक लगाएपछि चर्को आलोचना | Khabarhub Khabarhub

अदालतले ‘लाज शरणम्’ लाई रोक लगाएपछि चर्को आलोचना


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फागुन १४ गतेदेखि प्रदर्शनमा आउन तयार चलचित्र ‘लाज शरणम्’ माथि रोक लगाएकोमा आलोचना भएको छ ।

महाशिवारत्रिदेखि प्रदर्शनमा आउने चलचित्रको प्रचार प्रसार नगर्न उच्च अदालत, पाटनले मंगलबार अन्तरिम आदेश जारी गरेपछि नेपाली सिनेक्षेत्र आन्दोलित भएको छ ।

पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमद्वारा दायर गरिएको निषेधाज्ञा रिटमा मंगलबार भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीशद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

यस आदेशसँगै सेन्सर नहुञ्जेल यो चलचित्रको सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा प्रसार प्रसार रोकिएको छ । अदालतले केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिँदासम्म फिल्मको प्रचार-प्रसार गर्न र प्रचार सामग्री सार्वजनिक गर्न रोक लगाएको छ ।

आलमले चलचित्र विकास बोर्ड, कलाकार सीताराम कट्टेल, नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केन्द्रीय जाँचपास समिति, ओएसआर डिजिटल, जेपिटी क्रिएसन प्रालि, जेपीटी क्रिएसन प्रालिका सञ्चालन तथा ‘लाज शरणम्’ का कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाँडे’ तथा निर्देशक कुमार कट्टेललाई प्रतिवादी बनाएका छन् ।

बुधबार चलचित्रको ट्रेलर सार्वजनिक गर्ने तयारी थियो, तर अदालतको आदेशसँगै ट्रेलर रिलिज कार्यक्रम स्थगित भएको छ ।

पूर्वमन्त्री आलमले अदालतमा दायर गरेको रिटमा चलचित्रमा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको आरोप लगाएका छन् ।

उच्च अदालत पाटनले प्रदर्शनको तयारीमा रहेको ‘लाज शरणम्’को प्रचारमा लगाएको रोक प्रति चलचित्र निर्देशक समाजले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाजले बुधबार विज्ञप्ति जारी गर्दै चलचित्र ‘लाज शरणम्’को नाममा अदालतबाट जारी भएको बन्देजले चलचित्रको करोडौँको लगानी जोखिम र सृजनशील सर्जकलाई राम्ररी झस्काएको समेत जनाएको छ ।

‘चलचित्र अभिव्यक्तिको माध्यम भएको र चलचित्रले समाजका विभिन्न पात्र र प्रवृत्तिलाई लिएर कथानक स्वरूप दिने परम्परा सर्वविदितै छ । यसरी बनेको कथाले कुनै व्यक्ति वा समुदायका व्यक्तित्व, संस्कार र संस्कृतिलाई आघात पुर्‍यायो कि पुर्‍याएन भनेर जाँच गर्ने चलचित्र विकास बोर्ड र चलचित्र जाँच समिति आदि सरकारी निकाय अस्तित्वमा छ,’ समाजका अध्यक्ष जनकदीप पराजुलीले भनेका छन् ।

कुमार कट्टेलको निर्देशनमा तयार भएको फिल्ममा सीताराम कट्टेलसहित विजय बराल, अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, माला लिम्बू, सागर लम्साल, हरिष निरौला, कमलमणि नेपाललगायतको अभिनय छ । नवीन श्रेष्ठ निर्माता तथा राम नरेश साह र सृजना खड्का सहनिर्माता छन् ।

चलचित्रकर्मी, पत्रकार, नागरिक अगुवासमेतले ‘लाज शरणम्’ लाई कानुनी उल्झनमा फसाएको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा अहिले यो विषयलाई लिएर अदालतको आलोचना हुन थालेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ३ : २० बजे

अदालतमा सिनेमा : ‘ताण्डवम्’ को प्रिमियर, ‘लाज शरणम्’ को प्रचार रोकियो !

काठमाडौं – मुलुकमा जब जाडो याम भित्रियो, फिल्मी बजारलाई पनि

श्रीलंकामा रेलको ठक्करबाट ६ हात्तीको मृत्यु

कोलम्बो– श्रीलंकाको हबराना क्षेत्रमा बिहीबार ठूलो दुर्घटना भएको छ ।

बृहत् घोप्टेखोला खानेपानी आयोजना निर्माण सुरु

म्याग्दी– जिल्लाको बहुप्रतिक्षित गौरव आयोजनाको घोषणा गरिएको बृहत् घोष्टेखोला खानेपानी

राप्रपाको बृहत् भण्डाफोर कार्यक्रम आजबाट 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको बृहत् भण्डाफोर कार्यक्रम आजबाट सुरु हुँदै

च्याम्पियन्स ट्रफी: गिलको शतकमा भारतको विजयी सुरुवात

यूएई – च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ।