ओडिसाका शिक्षामन्त्रीलाई परराष्ट्रमन्त्रीले भनिन्- प्रकृति प्रकरणका दोषीलाई कारबाही गरियोस्  | Khabarhub Khabarhub

ओडिसाका शिक्षामन्त्रीलाई परराष्ट्रमन्त्रीले भनिन्- प्रकृति प्रकरणका दोषीलाई कारबाही गरियोस् 


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतको ओडिसाको उच्च शिक्षामन्त्री (हायर एजुकेशन मिनिस्टर) सूर्यवंशी सुरजसँग नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेकी छन् ।

ओडिसाका शिक्षामन्त्री सुरजलाई टेलिफोन गरेर परराष्ट्रमन्त्री राणाले बुधबार नेपाली छात्रा प्रकृतिको हत्या प्रकरण निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न आग्रह गरेकी हुन् । 

उनले मन्त्री सुरजसँग ओडिसाको भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयका नेपाली विद्यार्थीहरूलाई सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि पनि आग्रह गरेकी छन् । 

 जवाफमा मन्त्री सुरजले घटनालाई ओडिसा राज्यले गम्भीर रूपमा लिँदै प्रकृतिलाई न्याय दिलाउन र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिएको जानकारी गराएको राणाले बताइन् । 

‘उहाँले यहाँ रहेका नेपाली विद्यार्थी र अभिभावकहरूलाई आवश्यक पर्ने परामर्शका लागि अलग्गै हटलाइनको व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीहरूलाई होस्टेलमा फर्काएर पठन पाठनको व्यवस्था मिलाइएको बताउनुभयो,’ परराष्ट्रमन्त्री राणाले भनिन् । 

सुरजले विद्यार्थीमाथि दुर्व्यवहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कानुनी कारबाही अघि बढाइएको जानकारी पनि दिएको मन्त्री राणाले बताइन् । 

‘कुराकानीका क्रममा मन्त्री सुरजले नेपालसँगको महत्त्वपूर्ण सम्बन्धलाई आगामी दिनमा पनि अहिलेजस्तै सुमधुर बनाउँदै लगिने बताउनुभएको थियो,’ उनले भनिन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ४ : २९ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

एसिया कप : भारतसँगको रोचक भिडन्तमा ओमान २१ रनले पराजित

काठमाडौं – एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असोज ४ गते शनिबार। आश्विन

आज २०८२ साल असोज ४ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ४ गते शनिबार। आश्विन

नक्कली सर्टिफिकेट प्रकरण रास्वपा नेता कँडेल जेल चलान

चितवन – नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ