पूर्वाधार क्षेत्रका कार्यक्रममा राज्यको कछुवा गति « Khabarhub

पूर्वाधार क्षेत्रका कार्यक्रममा राज्यको कछुवा गति


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुँजीगत बजेट खर्चमा सधैँ कमजोर रहँदै आएको सरकार चालु आर्थिक वर्षको ६ महिनामा पूर्वाधारको क्षेत्रको काममा अत्यन्तै कमजोर देखिएको छ । तथ्यांकअनुसार पूर्वाधार क्षेत्रसँग सम्बन्धित क्रियाकलापमा ६ महिनाको अवधिमा तीनवटा मन्त्रालयको प्रगति शून्य नै बनेको छ भने सो क्षेत्रमा काम गर्ने ५ वटा मन्त्रालयले १३.२ प्रतिशत मात्रै काम सम्पन्न गरेका छन् ।

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइले १०५, सहरी विकासले ११६ वटा, सञ्चार तथा सूचना प्रविधिले ४३ वटा, खानेपानीले ३२ वटा र भौतिक पूर्वाधार तथा यातायातले ५१ वटा गरी जम्मा ३४७ वटा पूर्वाधार क्षेत्रका कार्यक्रम अगाडि सारेका थिए । 

जसमध्ये ३८ वटा कार्यक्रम पुस महिनाभित्रमा सम्पन्न हुनुपर्ने गरी तय गरिएको थियो । तर, सो अवधिसम्म जम्मा ५ वटा कार्यक्रम मात्रै सम्पन्न भएको प्रधानमन्त्री कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुस महिनासम्म सम्पन्न हुनुपर्ने ६ वटा पूर्वाधारका कार्यक्रम अगाडि सारेको थियो, तर समीक्षा अवधिसम्म सो मन्त्रालयले २ वटा कार्यक्रम मात्रै सम्पन्न गरेको छ ।

त्यस्तै, समीक्षा अवधिसम्म सम्पन्न गर्नुपर्नेगरी सहरी विकास मन्त्रालयले १० वटा र सञ्चार मन्त्रालयले १७ वटा पूर्वाधारका कार्यक्रम अगाडि सारेकोमा सो अवधिसम्म उनीहरूले क्रमशः जम्मा २ र १ वटा मात्रै आयोजना सम्पन्न गरेका छन् ।

खानेपानी मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयले समीक्षा अवधिमा सम्पन्न गर्नुपर्ने आयोजना क्रमशः ३ र २ वटा अगाडि सारेको भएपनि एउटा पनि सम्पन्न गर्न नसकेको प्रगति प्रतिवेदनमा उल्लेख छ । जसले पूर्वाधार क्षेत्रका कार्यक्रम कार्यान्वयनमा ती दुई मन्त्रालय पूर्णतः असफल देखिएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ५ : ०६ बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक बस्दैछन्

बीपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि

बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन

झापा– झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक