धनगढीमा सीप मेला : एक हजार ४० युवाले तालिम लिने « Khabarhub

धनगढीमा सीप मेला : एक हजार ४० युवाले तालिम लिने


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

धनगढी– सीपयुक्त युवा उत्पादन गर्ने र युवा स्वरोजगार बढाउने उद्देश्यले फागुन ८ गतेबाट धनगढीमा सीप तथा रोजगार मेला आयोजना हुने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने मेलामा सुदूरपश्चिमका ९ जिल्लाका ३९ पालिकाका युवा सहभागी हुनेछन् । 

धनगढी उपमहानगरपालिकाको आयोजना तथा नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घको प्राविधिक सहयोगमा मेला आयोजना हुन लागेको हो । ४० दिने तालिम प्याकेज सहित धनगढीको खुलामञ्चमा आयोजना सञ्चालन हुनेछ । 
 
एक महिनासम्म चल्ने तालिमको बिहीबार सङ्घीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

धनगढीमा बुधवार पत्रकार सम्मेलन गर्दै मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ । 

युवाहरूलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन बजारको माग अनुसार सिप सिकाई दक्ष बनाउने उद्देश्यले तालिम दिन लागिएको धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले जानकारी दिइन् । 

तालिममा भाग लिन सुदूरपश्चिमका ९ जिल्लाको ४७ पालिकाबाट चार हजार ८३० जनाले आवेदन दिएकामा ३९ पालिकाका एक हजार ४० जनालाई विभिन्न ८ क्षेत्रका २९ विषयमा तालिम दिइने आयोजक संस्थाका अध्यक्ष प्रमोद पाठकले जानकारी दिए । 

स्वदेशमै रोजगारका अवसर पाउन दक्ष जनशक्ति तयार गर्न मेला आयोजना गर्न लागेको नगरप्रमुख गोपाल हमालले बताए। उनले युवाहरूलाई विभिन्न सिप सिकाएर आकर्षक र राम्रो रोजगारीको अवसर पाउन भनेर विभिन्न २९ विषयमा तालिम दिन लागेको बताए ।

मेलामा प्रतिस्पर्धाबाट छानिएका प्रशिक्षकहरूबाट २९ विषयमा तालिम दिइने छ। ३० दिन विभिन्न विधामा सिपमूलक तालिम दिइने छ भने ५ दिन जीवनोपयोगी र उद्यमशीलता सम्बन्धी तालिम दिइने छ।मेलामा करिब अढाई करोड खर्च हुने अनुमान गरिएको छ । 

यस्तै, दुई दिन रोजगारदाता र तालिम प्राप्त युवाहरूबीच अन्तरक्रिया गर्नका लागि रोजगार मेला आयोजना गरिने छ। मेलाले सुदूरपश्चिमको समृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ६ : ३५ बजे

देउवा समूहको रिट दर्ता, प्रतिनिधि सभाको उम्मेदवारी दर्ताकै दिन सुनुवाइ गर्न पेशी

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध मुद्दा

एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार

वालिङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून

काँक्रेविहार– कर्णाली प्रदेश सरकारको छ महिनामा १३ दशमलव ७४ प्रतिशत

ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन

नुक– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गर्दै शनिबार

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न

काठमाडौं– काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई