छोटी भन्सार सञ्चालन गराउन माग गर्दै प्रदेश सांसदसहित बसे नाकामा अनसन | Khabarhub Khabarhub

छोटी भन्सार सञ्चालन गराउन माग गर्दै प्रदेश सांसदसहित बसे नाकामा अनसन


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटमा छोटी भन्सार सञ्चालन र चारचक्के सवारी-साधन आवागमनको माग गर्दै तीन जना मानिस आमरण अनसनमा बसेका छन् ।

छोटी भन्सार सञ्चालनसँगै चारचक्के सवारी-साधन आवागमनको माग गर्दै जिल्लाको पर्रोहा नगरपालिका-९ दसगजाछेऊ खाप नाकामा प्रजातन्त्र दिवसको अवसर पारेर एकै पटक तीन जना स्थानीय आमरण अनसनमा बसेका हुन् ।

परोहा नगरपालिका-९ का अवकास प्राप्त शिक्षक ६५ वर्षीय महमद तजमुल, पूर्वगाविस उपाध्यक्ष ६७ व  र्षीय जगतलाल यादव र नेपाल जनता पार्टीका प्रदेश सदस्य ५५ वर्षीय साहेवलाल साह बुधबार बिहान १० बजेदेखि आमरण अनसनमा बसेका हुन् ।

माग सम्बोधन नभएसम्म अनसन जारी रहने उनीहरूको चेतावनी छ । ‘बरु ज्यान जान्छ भने जाओस् तर हामी पछि हट्ने छैनौँ,’ अनसनकारीले अडान लिएका छन् ।

यसअघि पटक-पटक जिल्ला प्रशासन कार्यालय रौतहटलगायत ठाउँमा ज्ञापन पत्र बुझाउँदा पनि कुनै निकायले वास्ता नगरेको कारण बाध्य भएर अनसनमा बस्नु परेको उनीहरूले बताएका छन् ।

आमरण अनसनमा बसेका तीन जनाको आन्दोलनप्रति दर्जनौँ स्थानीय तथा नेताहरूले ऐक्यबद्धता जनाउँदै आएका छन् ।

आमरण अनसनमा बसेकाहरूको माग जायज रहेको भन्दै नेपाली कांग्रेसकी नेतृ अन्जु झा, जनमतका जिल्ला इन्चार्ज शेख जमसैद, एमालेका नागेन्द्र ठाकुर, माओवादी, मधेसवादी, समाजवादीलगायत दलका दर्जनौँ नेता कार्यकर्ता तथा स्थानीयहरूले ऐक्यबद्धता जनाएका छन् ।

छोटी भन्सारसँगै चारचक्के सवारी-साधन आवागमनमा रोक लगाउँदा सदियौंदेखि चलिआएको दुई देशबीचको रोटीबेटीको सम्बन्ध प्रभावित भएको उनीहरूले गुनासो गरेका छन् ।

२००७ सालमा देशमा प्रजातन्त्र बहाली भएसँगै छोटी भन्सार खाप सञ्चालन भएको थियो ।

तत्कालीन विद्रोही माओवादी र सरकारबीच द्वन्द्वको समयमा असुरक्षाको कारण देखाउँदै उक्त भन्सार जिल्ला भन्सार कार्यालय गौरमा मर्ज गरिएको थियो ।

छोटी भन्सार डेढ दशकअघि बन्द भए पनि चारचक्के सवारी-साधन रोकिएका थिएनन् ।

तर, विश्वव्यापी रूपमा चलेको कोरोना महामारीको समयदेखि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सानो नाकाबाट सवारी साधन आवतजावतमा रोक लगाएको छ ।

पटक-पटक स्थानीयस्तरमा छोटी भन्सार र सानो नाका खुलाउने विभिन्न दलका नेताहरूबाट भएको प्रयास सफल हुन सकेको देखिएन ।

रौतहट जिल्लाको २८ किलोमिटर लामो भारतीय सिमानामा हाल जिल्लाको मुख्य नाका गौर र बाराको काचोर्वा नाका भएर मात्र चारपाङ्ग्रे सवारीसाधनलाई छुट दिइएको छ । २८ किलोमिटर लामो सिमानाको वारि नेपालमा बस्ने हजारौं नागरिक दैनिक उपभोग्य वस्तुको खरिददेखि औषधी उपचार गराउन तथा बिहेवारीमा किनमेल गर्न भारतीय बजार जाने गरेका छन् ।

सिमावर्ती भारतीय बजार कुण्डवा चैनपुर, घोडासहन मात्र चार पाँच किलोमिटर पर्छ भने आफ्नै सदरमुकाम गौर २५ किलोमिटर टाढा पर्दछ । एकातर्फ भारतीय बजार नजिक हुनु र अर्को तर्फ नेपाली बजारभन्दा त्यहाँ सामानहरू सस्तो पर्ने भएकाले अन्य विकल्प नभएको आन्दोलनमा बसेका नागेन्द्र ठाकुरको भनाइ छ ।

त्यस्तै, भारतीय सीमा सुरक्षा बलले चारपाङ्ग्रे सवारीसाधनलाई रोक लगाएको कारण भारतमा बस्ने आफन्तलाई यहाँ आउन अथवा यताबाट त्यहाँ जान ५० किलोमिटर लामो घुमाउरो बाटो जानुपर्ने बाध्यता भएको ठाकुरले जानकारी दिएका छन् ।

छोटी भन्सार नखोल्दा तस्करी बढेर राजश्वमा ह्रास आएको छ। भन्सार खोल्नासाथ सरकारको राजस्व सङ्कलनमा पनि वृद्धि हुने आन्दोलनकारीको भनाइ छ । रौतहटस्थित खाप र बनकुलको समेत छोटी भन्सार हाल बन्द रहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ७ : १६ बजे

जसको दिल शैलुङको सय थुम्कामा बस्यो

काठमाडौं– कुनैबेला रत्नराज्य क्याम्पसमा उम्दा विद्यार्थी नेता थिए– भरत दुलाल

लगनखेलको न्हु पोखरी जोगाउन घर टहरामा डोजर (तस्बिरहरू)

ललितपुर- ललितपुर महानगरपालिकाले पुरातात्विक महत्त्वको एउटा पोखरी जोगाउन डोजर चलाएको

स्वास्थ्य मन्त्रालयका रिक्त दुई पदमा तिन प्रतिस्पर्धी 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिव र अतिरिक्त सचिव पद

खाँदबारी–किमाथांका सडक सुक्खा पहिरोले अवरुद्ध

खाँदबारी– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथांका सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको

पशुपतिमा चहलपहल, आउन थाले थरीथरीका बाबा (तस्बिरहरू)

काठमाडौं- महाशिवरात्रि नजिकिएसँगै भगवान् पशुपतिनाथको मन्दिर परिसरमा बाबाहरूको चहलपहल बढेको