स्वास्थ्य शिविरबाट एकहजार बढी लाभान्वित « Khabarhub

स्वास्थ्य शिविरबाट एकहजार बढी लाभान्वित


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जुम्ला – यहाँको हिमा गाउँपालिका–५ स्थित कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा एक हजार २८ जनाले सेवा लिएका छन् ।

गाउँपालिकाको आयोजना र कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

यही फागुन ३ देखि ५ गतेसम्म सञ्चालित शिविरमा सात सय नौजना महिला र तीन सय १९ जना पुरुषले सेवा लिएको हिमा गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द भण्डारीले बताए ।

स्त्री तथा प्रसूति, हाडजोर्नी, नाक कान घाँटी, रेडियोलोजी, मानसिक, छाला र बाल रोगलगायत अन्य सेवाका २१ जना विशेषज्ञ चिकित्सकले शिविरमा सेवा दिएका थिए ।

१० जनालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रेफर गरिएको छ । तीन दिने शिविर सम्पन्न पश्चात बाँकी औषधि तथा अन्य सामग्री प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको छ ।

‘पोस्ट ग्राजुएट’का लागि २६ सिट

यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगबाट चिकित्सा विज्ञान अध्ययनका लागि स्नातकोत्तर तहमा २६ सिट पढाउने अनुमति प्राप्त गरेको छ ।

जसमा एडल्ट हेल्थ नर्सिङ, चाइल्ड हेल्थ नर्सिङ र उमन हेल्थ नर्सिङमा दुई–दुई सिट, एनाटोमीमा एक सिट, फर्मनकोनोलोजीमा पाँच सिट, पब्लिक हेल्थमा पाँच सिट, बालरोगमा तीन सिट, शल्यचिकित्सा, एनेस्थेटिसियामा एक–एक सिट, हाडजोर्नी तथा ट्रमामा दुई सिट र सामान्य चिकित्सा अभ्यासमा दुई सिटको अनुमति दिइएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिए ।

चिकित्सकको अहेबले अभावमा अस्पताल चलाउनुपर्ने बाध्यता अब अन्त्य हुने प्रतिष्ठानका रेक्टर डा डबलबहादुर धामीको भनाइ छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ८ : २३ बजे

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल