प्रत्येक जिल्लामा कम्तीमा एक पालिका जित्ने एकीकृत समाजवादीको लक्ष्य « Khabarhub

प्रत्येक जिल्लामा कम्तीमा एक पालिका जित्ने एकीकृत समाजवादीको लक्ष्य


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादीले आफ्नो राजनीतिक कार्ययोजनाबारे छलफल गरेको छ ।

फागुन ८ गते पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्नका लागि तयार पारिएको राजनीति प्रतिवेदनमा आगामी राजनीतिक कार्यक्रमबारे मंगलबार र बुधबार छलफल भएको हो।

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनमा समाजवादीले नेताहरूलाई ८४ मा हुने निर्वाचनमा आफ्नो कार्य क्षेत्रभित्र लक्ष्यसहित योजना अगाडि बढाएर कार्यान्वयन गर्न भनेको छ ।

समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तयार पारेको राजनीति प्रतिवेदनमा हरेक प्रदेशले आफ्ना प्रदेशका कम्तीमा १० प्रतिशत संघीय र प्रदेश निर्वाचन क्षेत्रमा विजय हासिल गर्ने , प्रत्येक जिल्लाको कम्तीमा एक पालिका र हरेक पालिकाको एक वडामा विजय हासिल गरेर अगाडि बढ्न सकियो भने परिणाममुखी काम आउने भन्दै यो विषयलाई छलफलको विषय बनाइएको छ ।

अध्यक्ष नेपालले तयार पारेको प्रतिवेदनमा पार्टीले राष्ट्रियता जनजीविका, सुशासन र सामाजिक न्यायको पक्ष तथा समाजमा व्यक्त विकृतिविसंगति, अन्याय र अत्याचारको विरुद्ध आवाज बुलन्द गर्ने कामलाई निरन्तरता दिन पनि भनिएको छ।

यस्तै पार्टीले नेतृत्व गरिरहेको स्थानीय तहमा विशेष योजना बनाई जनपक्षीय काम गर्न समेत नेता कार्यकर्तालाई निर्देशन दिने योजना बनाइएको छ । यस्तै दक्षिणपन्थी अवसरवादी र लोकतान्त्रिक लोकतन्त्र विरोधी कार्यको भण्डाफोर गर्ने समेत पार्टीको योजना छ।

अध्यक्ष नेपालले तयार पारिएको राजनीति प्रतिवेदन फागुन ८ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने बताइएको छ। अहिले यो प्रतिवेदन केन्द्रीय कमिटीलाई अध्ययन गर्नका लागि बाँडिएको छ तर सार्वजनिक भने गरिएको छैन।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ८ : ४४ बजे

महोत्तरीका मगर र थारू बस्तीमा माघेसङ्क्रान्तिको रौनक

महोत्तरी– यहाँका थारू र मगर बस्तीमा माघेसङ्क्रान्ति पर्वको रौनक बढेको

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावरविरुद्ध अपिहिमालका स्थानीय आन्दोलित

दार्चुला– अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १०

सेजन सदस्यलाई ७ लाख बराबरको स्वास्थ्य तथा दुर्घटना बिमा सुविधा, अस्पताल भर्ना हुने बित्तिकै कभर हुने

काठमाडौं– नेपाल आर्थिक पत्रकार समाज (सेजन)  संस्थामा आबद्ध आफ्ना सम्पूर्ण

पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम

पर्वत– आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि

सिन्धुपाल्चोकका सबै स्थानीय तहमा राप्रपाको अधिवेशन सम्पन्न

चौतारा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सिन्धुपाल्चोकका सबै १२ स्थानीय तहको