पाकिस्तानमा सैन्य कारबाहीमा ३० आतङ्ककारी मारिए « Khabarhub

पाकिस्तानमा सैन्य कारबाहीमा ३० आतङ्ककारी मारिए


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

खैबर पख्तुनख्वा – पाकिस्तानी सुरक्षा बलहरूले उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान जिल्लामा गुप्तचरमा आधारित अपरेशनको क्रममा ३० आतङ्ककारीलाई मारेको छ ।

इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)ले बुधबार जारी गरेको विज्ञप्ति अनुसार पाकिस्तानी सेनाले सररोघा क्षेत्रमा आतङ्कवादीहरूको उपस्थितिको बारेमा विश्वसनीय गुप्तचर रिपोर्टहरू पछि मङ्गलबार राती अपरेशन सुरु गरिएको थियो ।

आईएसपीआरले यस क्षेत्रमा फेला परेका अन्य आतङ्ककारीहरूलाई हटाउन क्लिनअप अपरेसन गरिएको बताएको छ ।

“पाकिस्तानका सुरक्षा बलहरू आतङ्कवादको खतरा हटाउन कटिबद्ध छन् । हाम्रा सुरक्षा बलहरूको बलिदानले हाम्रो सङ्कल्पलाई अझ बलियो बनाउँछ,” आईएसपीआरको विज्ञप्तिमा भनिएको छ ।

पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री मोहम्मद शहबाज सरिफले यस कारबाहीका लागि सुरक्षा बलको प्रशंसा गरे ।

पाकिस्तानका राष्ट्रपतिले प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तान समूह (टीटीपी)लाई पूर्ण रूपमा उन्मूलन गर्ने आफ्नो सङ्कल्पलाई पुनः पुष्टि गरे ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ८ : ५६ बजे

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल