डिभिजन वन कार्यालयले भन्यो : वरपिपल काट्नेलाई कारबाही गर्छौं « Khabarhub

डिभिजन वन कार्यालयले भन्यो : वरपिपल काट्नेलाई कारबाही गर्छौं


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरामा सार्वजनिक स्थानमा रहेका वर, पिपल लगायतका रुखहरु गैरकानूनी रुपमा कटान गरिएको घटनाप्रति डिभिजन वन कार्यालय कास्कीले चासाे देखाएकाे छ। कार्यालयले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यालयले बुधबार विज्ञप्ति निकालेर पोखरा महानगरपालिका लगायत सम्बन्धित सरोकारवाला निकायलाई समन्वय गर्न र कानूनी निर्देशन/निकासको लागि घटनाको जानकारी प्राप्त भएदेखि नै आग्रह गरेको छ। साथै, सो सम्बन्धमा सरोकारवालाहरुको समन्वय तथा शीघ्र कानूनी निकासाको लागि समेत माग गरेको छ।

संघीयता कार्यान्वयनमा आएपछि संघ, प्रदेश र स्थानीय तहका कानूनको आधारमा कानूनी कारबाहीको क्षेत्राधिकार र अनुसन्धान तहकिकात डिभिजन वन कार्यालय कास्कीकै भए नभएको सम्बन्धमा कानूनी निर्देशनरनिकासाका लागि सम्बन्धित तथा तालुक निकायमा पठाइ सकिएको छ। सो को जानकारी तथा विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखरामा समेत पठाइसकिएको छ।

प्रस्तुत विषयको कानूनी निर्देशनरनिकासा बमोजिम डिभिजन वन कार्यालय कास्कीको क्षेत्राधिकार ठहर हुन आएमा यस कार्यालय मार्फत अविलम्ब कानून बमोजिम कारबाही अगाडी बढाइने व्यहोरा समेत जानकारीको लागि अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ९ : १७ बजे

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड