प्रकृति लम्सालको शव भैरहवा ल्याइयो « Khabarhub

प्रकृति लम्सालको शव भैरहवा ल्याइयो


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव भैरहवा ल्याइएको छ।

बुधबार साँझ लम्सालको शव सुनौली नाका हुँदै घर ल्याइएको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले बताए। प्रकृतिको शव भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा राखिनेछ।

गत आइतबार बुटवलकी प्रकृति कलेजको होस्टलेमा मृत अवस्थामा भेटिएकी थिइन् । प्रकृतिको शंकास्पद मृत्यु भएपछि आइतबार साँझबाटै नेपाली विद्यार्थीहरूले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए ।

तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरूमाथि उल्टै आक्रमण र दुर्व्यवहार गरेको थियो । सयौँ नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालिएको थियो । अहिले पनि करिब एक हजार नेपाली विद्यार्थी विभिन्न सहरमा पुगेका छन् । केही नेपाल आइपुगेका छन् ।

नेपाल र भारतमै पनि चर्को आलोचना भएपछि विश्वविद्यालय प्रशासनले माफी मागेको छ । प्रकृतिलाई ब्ल्याकमेल गरेको आरोप लागेका कलेजकै अड्विक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । श्रीवास्तवले पटकपटक यातना दिएको विषय प्रमाणसहित उजुरी दिँदा पनि कलेजले लापरबाही गर्दा प्रकृतिले मृत्युवरण गर्नु परेको भन्दै केआईआईटीको आलोचना भइरहेको छ ।

याे पनि

नेपाली विद्यार्थीलाई क्याम्पस फर्किन उडिसाका मुख्यमन्त्रीको आग्रह

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १० : ३१ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।