सांसद महतोको आशंका- ट्रकबाट बरामद २५ करोड विदेशी मुद्रा बैंकिङ च्यानलबाटै गएको हुन सक्छ « Khabarhub

सांसद महतोको आशंका- ट्रकबाट बरामद २५ करोड विदेशी मुद्रा बैंकिङ च्यानलबाटै गएको हुन सक्छ


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक तथा पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले काठमाडौंबाट २५ करोड १९ लाख बराबरको विदेशी मुद्रासहित ट्रक चालक पक्राउ परेको घटनामा सरकारको ध्यानाकार्षण गराएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै उनले नयाँ प्रहरी महानिरीक्षकले फूली लगाउनु र ठूलो मात्रामा विदेशी मुद्रासहित व्यक्ति पक्राउ पर्नु संयोगमात्रै हो या पहिले पनि यस्तो तस्करी भइरहन्थ्यो भनेर प्रश्न उठाएका छन् ।

सामान्य मानिसले २५ सय डलरमात्रै विदेशी मुद्रा सटही गर्न दिने गरी त्यसो गर्दा पनि राहदानीमै छाप हान्ने चलन रहेको स्मरण गराए ।

यति ठूलो परिमाणमा विदेशी मुद्राको तस्करीमा नेपालको बैंकिङ च्यानल प्रयोग भएको हुनसक्ने आशंका गर्दै उनले त्यसमा पनि छानबिन माग गरे ।

‘यो विषयमा गृहमन्त्रालयको ध्यानाकार्षण गराउन चहान्छु । यो अहिलेमात्रै यो भएको हो कि निरन्तर भइरहन्छ ? नेपालमा कसैले १०, २० लाख नेपाली रुपैयाँ बोकेर हिँडे पनि स्रोत खोजेर मान्छे पक्राउ गर्ने गरिएको छ । यति ठूलो परिमाणमा विदेशी मुद्रासहित व्यक्ति पक्राउ परेका छन् । यसबारे सत्यतथ्य बाहिर आउनुपर्छ’, उनले भने ।

महतोले बरामद गरिएको विदेशी मुद्रा नेपालमा कुन बैंकबाट रिलिज भएको हो वा नक्कली हो भनेर वास्तविकता बाहिर ल्याउनुपर्नेमा जोड दिए । उनले भने, ‘यत्रो परिमाणमा पैसा कहाँबाट आएको हो ? यसमा संलग्न पक्षबारे सत्यतथ्य बाहिर आउनुपर्ने आवश्यकता छ’, उनले भने ।

नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार मध्यराति काठमाडौंको झोरबाट चीनतर्फ लाँदै गरेको २५ करोड १९ लाख बराबरको विदेशी मुद्रा बरामद गरेको थियो ।

कार्यालयको टोलीले एउटा ट्रकबाट उक्त रकम बरामद गरेको थियो । बरामद मुद्रा सबै युरो र अमेरिकी डलरका रुपमा थियो । प्रहरीले सिन्धुपाल्चोकको भोटेकोशीका फुच्चे भनिने कुसाङ लामालाई पक्राउ गरिसकेको छ। लामाले आफू भरियामात्रै भएको बताउँदै दुईजना नचिनेका मानिसले उक्त रकम दिएको बयान प्रहरीलाई दिएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १ : २२ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन