भारतीयलाई नेपाली नागरिकता- ‘नक्कली बुवा’ पक्राउ, सिफारिस गर्ने वडाध्यक्ष र सचिवलाई उन्मुक्ति « Khabarhub

भारतीयलाई नेपाली नागरिकता- ‘नक्कली बुवा’ पक्राउ, सिफारिस गर्ने वडाध्यक्ष र सचिवलाई उन्मुक्ति


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहामा नक्कली बुवा बनेर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने अमानत मिँयालाई प्रहरीले पक्राउ गरेको छ।

भारतको बिहार राज्यस्थित मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायत देउधाका मोस्ताक मिँयाको नक्कली बुवा बनेर नागरिकता दिलाउने नरहा गाँउपालिका- ३ खोरियाका अमानत मिँयालाई प्रहरीले पक्राउ गरेको हो ।

वडाको कार्यालयको सिफारिसलाई आधार मानी जिल्ला प्रशासन कार्यालय सिरहाले २०८० असार २६ मा भारतीय नागरिक मोसताकका नाममा १५०१८०–४३६२ नम्बरको नागरिकता दिएको थियो ।

उक्त प्रकरणमा नक्कली बुवा बनेका अमातन मियाँलाई मंगलबार साँझ घरबाटै पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

मिँयालाई नियन्त्रणमा लिए पनि राजनीतिक दबाबका कारण वडाअध्यक्ष रुस्तम अन्सारी र सचिव रामदेव मण्डललाई प्रहरीले प्रकाउ गर्न नसकेको स्थानीयको आरोप छ । नेपालमा ‘सानालाई ऐन ठूलालाई चैन’ भनेझैँ यो घटनामा प्रहरीले सिफारिसकर्तालाई उन्मुक्ति दिएको गुनासो स्थानीयले गरेका छन् ।

भारतीय नागरिकलाई नागरिकता दिएको भन्दै करिव डेढ वर्षपहिले नै स्थानीयहरूले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।

तर, प्रशासन कार्यालयले कुनै चासो देखाएन । आर्थिक प्रभाव र राजनीतिक दबाबका कारण कारबाही नै अघि बढ्न सकेको थिएन ।

विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषण भइरहेपछि सिराहा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य राजकिशोर यादवले सदनमै यसबारे अवाज उठाएका थिए।

सदनमा आवाज उठेपछि कारबाही प्रहरी र प्रशासन प्रक्रियया अगाडि बढाउन बाध्य भएका हुन् ।

मियाँलाई सिरहा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ। यसमा संलग्न सबैलाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ।

नरहा गाँउपालिका वडा नम्बर ३ का वडाध्यक्ष रुषतम अन्सारी र वडासचिव रामदेव मण्डलले भारतीय नागरिकसँग दुईलाख भारतीय रुपैयाँ लिएर नागरिकताको सिफारिस गरेको कुरा सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १ : ३२ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन