साताको चौथो दिन पनि घट्यो नेप्से « Khabarhub

साताको चौथो दिन पनि घट्यो नेप्से


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको चौथो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । आइतबारदेखि नियमित ओरालो लागेको नेप्से बुधबार भएको कारोबारमा १४.८८ अंकले घट्न पुग्यो ।

बुधबार नेप्सेमा ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार ६४३ रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २६८२.१५ अंकमा पुगेको छ । आजको शेयर कारोबारमा १८३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो भने ५३ वटा कम्पनीको शेयर मूल्य भने वृद्धि भयो । 

त्यस्तै, आजको शेयर कारोबारमा ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आजको  शेयर कारोबारमा महिला लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाएका छन् ।

नेप्से घटेसँगै होटेल, म्यूचुअल फन्ड र व्यापार बाहेक सबै उपसमूहको सूचक पनि घटेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ३ : १९ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर